इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १३औं संस्करण आज (शनिबार)देखि यूएईमा सुरु भएको छ। आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स बिच भएको पहिलो खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउदै पहिलो जित हात पारेको छ। शेख जायद स्टेडियममा चेन्नई सुपर किङ्सले जित निकाल्दै (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १३औं संस्करणमा सुखद सुरुवात गरेको छ। टस जितेर बलिङ्ग रोजेको चेन्नई सुपर किङ्सले ४ बल बाकी रहदा नै जित आफ्नो पोल्टामा पर्न सफल भएको हो। मुम्बई इन्डियन्सले २० ओभर खेल्दै ९ विकेट गुमाएर १६२ रन्को लक्ष्य दिएको थियो जुन लक्ष्य चेन्नई सुपर किङ्सले १९ ४ ओभरमा नै पुराउन सफल भयो।
चेन्नई सुपर किङ्सका ओपनिङ्ग ब्याट्स म्यानले निरासजनक प्रदर्शन गरेपनि डुप्लेसिस र अम्बाटि राइडुको सहकार्यले चेन्नई सुपर किङ्सले जित हात पार्न सफल भयो। ब्याटिङ्ग गर्ने क्रममा ओपनिङ्ग ब्याट्स म्यान मुरली बिजयले ७ बलमा १ रन, शेन वाट्शनले ५ बलमा ४ रन, डुप्लेसिस नट आउट हुदै ४४ बलमा ५८ रन, अम्बाटि राइडुले ४८ बलमा ७१ रन, रबिन्द्र जडेजाले ५ बलमा १० रन, साम कुरानले ६ बलमा १८ रन र धोनी नट आउट हुदै ४ बलमा ० रन ल्याएका थिए। यस्तै बलर दिपक चहारले ४ ओभर बलिङ्ग गर्दै ३२ रन खर्चेर २ विकेट लिए भने साम कुरान, लुंगी, पियुष चावला,र रबिन्द्र जडेजाले क्रमस १,३,१,२, विकेट लिए।
पहिलो ब्याटिंग गरेको मुम्बई इन्डियन्सले ब्याटिङ्ग गर्ने क्रममा ओपनिङ्ग ब्याट्स म्यान रोहित शर्माले १० बलमा १२ रन, डि ककले २० बलमा ३३ रन, सूर्यकुमार यादबले १६ बलमा १७ रन, सौरभ तिवारीले ३१ बलमा ४२ रन , हार्दिक पाण्ड्यले १० बलमा ३४ रन, पोल्लार्डले १४ बलमा १८ रन, क्रुनाल पाण्ड्यले ३ बलमा ३ रन, जमेस फ्याटिन्सनले ८ बलमा ११ रन, राहुल चाहरले नट आउट ४ बलमा २ रन, भुमराले न आउट ३ बलमा ५ रन ल्याए भने राहुल चाहर खातानै नखोली दक् आउट भए। यस्तै बलिङ्ग गर्ने क्रममा बोउल्ट, प्याटिन्सन, भुम्रा, कुर्नाल पाण्ड्या र राहुल चाहर सबैले एक-एक विकेट लिए। अब भोलिको खेल सन्दीप लामिछाने आबद्ध क्लब दिल्ली क्यापिटल र किंग्स ११ पन्जाबको रहेको छ।