सुमित्रा कंडेल: स्वाब नतिजा नआउँदा तानसेन नगरपालिकाका मेयर सहित कर्मचारी गरी ३ सय जना १० दिनदेखि होम क्वारेन्टाइनमा बसेका छन् । तानसेन नगरपालिका र वडा मातहतका कार्यालय भदौ २८ गते देखि बन्द रहेका छ्न । एक वडा अध्यक्ष र कार्यपालिका सदस्यलाई कोरोना पुष्टि भएपछि संकलन गरिएको स्वावको रिर्पोट नआउदा नगरपालिकाका कार्यालयहरु ठप्प भएका हुन् ।
तानसेन नगरपालिका स्वास्थ्य संयोजक झविन्द्र न्यौपाने लेगत भाद्र २६ गते शुक्रवार २०९ जना, आइतवार १४७ जना र मंगलवार ८६ जना गरी ४४२ जनाको स्वाव नमूना पठाएको जानकारी दिनुभयो । स्वाब प्रदेश ५ को जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा पठाइएको थियो । त्यसमध्ये १४२ जनाको रिर्पोट मात्रै आएका नगरपालिकाका स्वास्थय शाखाका स्वास्थ्य अधिकृत सिरबहादुर रानाले जानकारी दिनुभयो । उहाका अनुुसार स्वाबको रिर्पोट नआउनेमा नगरपालिकाको मेयर अशोक शाही सहित उपप्रमुख, नगरपालिकाका शाखाका कर्मचारीहरु, १२ वटा वडाका वडाध्यक्षहरु, र त्यहाँ कार्यरत कर्मचारीहरु सहित केही समुदायका व्यक्तिहरु समेत छन् ।
भदौ २५ गते बिहीबारको कार्यापालिकाको बैठकमा सहभागी एक वडाध्यक्ष र एक कार्यपालिका सदस्यमा कोरोना संक्रमण देखिएपछि बैठकमा सहभागीहरुको कन्ट्याक टे्सिङ गरिएको थियो । तानसेन नगरपालिकाका मेयर अशोक शाहीले स्वावको रिर्पोट नआउँदा नगरपालिका र वडा कार्यालय खोल्न नसकिएको बताउनुभयो। उहाले गत आइतवारदेखि सेवाग्राही मर्कामा परेको र नगरपालिकाको फोहर समेत उठन नसकेको जानकारी दिनुभयो । कार्यालय खुलेको छैन मेयर शाहीले भने,” फोहर नउँठदा अर्को महामारी फैलिने हो कि भन्ने डर भएको छ “भयो । नगरपालिकाका २० जना सरसफाईकर्मचारिको स्वाब लिइएको उहाले बताउनुभयो । ति सरसफाईकर्मी समेत होम क्वारेन्टाइनमा रहेका छन् ।
प्रदेश ५ को प्रोदेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजेन्द्र गिरीले तानसेन नगरपालिका सहित पाल्पाबाट निकै ठूलो मात्रामा स्वावको नमूना आएको हुँदा परिक्षणमा ढिलाइ भएको जानकारी दिनुभयो। शुक्रबार उनले ति नमूनाहरु केही लुम्विनी प्रादेशिक अस्पताल, बुटवल, केही प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवा र केही राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाएको बताउनुभयो।