धादिङको महादेवबेसीमा सडक किनारामा खेलीरहेकी स्थानीय तीन वर्षिय बालिका संचिता कार्कीलाई काठमाडौंबाट फर्किरहेको कन्टेनरले ठक्कर दिएको छ। कन्टेनरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्। घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको बताइएको छ भने बालिकालाई ठक्कर दिने ना ३ ख ५१८३ नम्बरको कन्टेनरलाई भने प्रहरी आउनु भन्दा अगाडी नै स्थानीयले नियन्त्रणमा लिएको एक स्थानियले बताएका छन्।
Badigad Online