तरकारी खेतीका लागि सरकारी अनुदान : टनेलमुनी धान खेती !

तरकारी खेतीका लागि सरकारी अनुदान : टनेलमुनी धान खेती !

Badigad Online
10 Min Read

घनश्याम खरेल गुल्मी । प्रदेश नं ५ , भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले गत वर्ष वितरण गरेको कृषि यान्त्रिकिकरण कार्यक्रम अन्तर्गत वितरण गरिएका कृषि सामग्रीहरु समुहका नाममा माग गरेर दलका कार्यकर्ताहरुले पोस्सीदए आएको पाईएको छ ।

गुल्मीदरबार गाउँपालिका वडा नं १ बलिथुम स्थित शिवपुरी बहुउद्धेश्यीय कृषक समुहका नाममा आर्थिक वर्ष २०७५÷०७६ मा त्यस मन्त्रालयबाट ३ लाख ५५ हजार मूल्य पर्ने धान झाँट्ने थे्रसर मेसिन त्यस गाउँका राजेन्द्र कडेंलले माग गरे ।

मन्त्रालयले उक्त मेसिन दिएको कागजमा उल्लेख गरेपनि कडेंलले उक्त मेसिन नलिई आफुले व्यक्तिगत रुपमा होल्याण्ड कम्पनीको ट्याक्टर खरिद गरि ट्रली किनेर दुरुपयोग गरेका छन् । हो मैले समुहका नाममा ७५ प्रतिशत अनुदानमा थ्रेसर मेसिन माग गरेको तर पहाडमा गहुँ धान झाँट्न उपयुक्त नहुने ठानेर मैले किनेको ट्रयाक्टरको ट्रली किनेको हुँ कडेंलले भने ।

उनले त्यसबापत अनुदान २ लाख ६० हजार बराबरको ट्रली पाएका छन् । उक्त ट्रयाक्टरको आम्दानी समुहलाई दिईन्छ की दिँईदैन् ? भन्ने प्रश्नमा कडेंलले भने मैले ८ लाख भन्दा बढी मुल्य तिरेर ल्याएको आम्दानी म आफैले लिने गरेको छु । समुहलाई सहुलीयतमा ट्रयाक्टर उपलब्ध गराउने गरेको छु ।

उनले त्यो शीर्षकमा मात्रै दुरुपयोग गरेका छैनन् आर्थिक वर्ष २०७४/०७५ मा सघिंय सरकार मार्फत तत्कालिन कृषि विकास कार्यालयमा आएको ५ सय वर्ग किलोमिटरको हाईटेक टनेल पनि अनुदानमा लिएका थिए । अहिले तीन वर्ष पुगीसक्दा समेत प्रयोगमा नलिई दुरुपयोग गरेका छन् । कृषि ज्ञान केन्द्र कृषि प्रशार अधिकृत सम बहादुर रानाका अनुसार उक्त हाईटेक टनेललाई २४ लाख मुल्य पर्ने गर्दछ ।

मन्त्रालयबाटै उनकै समुहमा तोक लागेर उक्त अनुदान आएको थियो । २ वटा टनेल आएका थिए । एउटा रेसुङ्गा नगरपालिका वडा नं १० सिमिचौरका व्यवसायिक तरकारी कृषक बिनोद कुवरलाई सोही अनुदान बापतको टनेल दिएका थियौँ । उनले त्यो टनेललाई निकै सदुपयोग गरेर वर्षेनी लाखौँ रुपैयाँ आम्दानी लिने गरेका छन् ।

तर कडेंलले म केही महिना अगाडी पुग्नेबेला सम्म प्रयोगमा नलिई दुरुपयोग गरिरहेका छन् । त्यतिबेला टनेल मुनी झार पलाएका थिए । अनुदानको दुरुपयोग गर्नुभएन तरकारी खेती गर्नुहोस् भनेर सुझाव दिएको हुँ, तर अहिलेसम्म त्यत्तिकै खेर फालेको पाईएको छ रानाले भने । हामी पुग्दा उक्त टनेलको धुरीको प्लाष्टिक च्यातिएको तल धान रोपिएको थियो ।

कडेंलले भने पहिलो वर्ष बनाईएको दोस्रो वर्ष तरकारी लगाएको दाबी गर्दै भने,यस भेगमा निकै ठुलो हावा लाग्ने भएकाले छाना च्यातिएकोले प्रयोगमा ल्याउन नसकिएको स्वीकार गरे । गज्जबको कुरा त के छ भने आफुले बारम्बार अनुदानमा कृषि यन्त्रहरु ल्याईराखेकाले छिमेकी शिक्षक विष्णु भनेर चिनिने झविन्द्र कडेंलको कृषि फर्मको फोटो र उनकै डकुमेन्टमा प्रदेशबाट थे्रसर मेसिन माग गरेका थिए । हो मैले नमिल्ने भएका कारण झविन्द्र कडेंलको नामबाट थ्रेसर मेसिन माग गरेको हुँ कडेंलले भने । यता झविन्द्र कडेंललाई सोध्दा भने आफुलाई थाहा नभएको बताए ।

उक्त मन्त्रालयबाट वितरण गरिएको थ्रेसर मेसिनमा भने राजेन्द्र कडेंलकै नाम छ । यस सम्बन्धमा त्यस मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयका निर्देशक यमनारायण देवकोटाले त्यसरी दुरुपयोग गरेको भए कृषि ज्ञान केन्द्र गुल्मीलाई खबर गर्ने बताए । दलका अगुवा कार्यकर्ता मात्रै सरकारी अनुदानमा पोसिएको पाईएको छ नी भन्ने प्रश्नमा उनले त्यस्तो नभएको जिल्लाबाट सिफारिस भई आएका मागहरुलाई मन्त्रालयले सम्बोधन गरेको दाबी गरे ।

यदी त्यस्तो नै सप्रमाण भेटिएको भए मन्त्री ज्यूको ध्यानाकृष्ट गराउने उनले बताए । पटक पटक सरकारी अनुदान प्राप्त गरेका राजेन्द्र कडेंल नेपाली काँग्रेस बलिथुमका जल्दा बल्दा युवा नेता हुन् । उनले साविक कृषि विकास कार्यालयबाट अनुदानमा ल्याएको ट्रयाक्टर पनि अहिले खिया खिया परेर प्रयोगविहिन अवस्थामा थन्किएको छ । संघिय सरकारको कृषि मन्त्रालयबाट सिधै कँडेलको कृषि समुहलाई तोक लागेर आयो त ? भन्ने प्रश्नका कृषि ज्ञानकेन्द्रका एक कर्मचारीले नाम गोप्य राख्ने सर्तमा भने कँडेलका एक जना आफन्त त्यस मन्त्रालयका बरिष्ठ ब्यक्ति भएका कारण त्यसरी स्वीकृति भई आएको हो ।

सरकारी अनुदानमा दलका कार्यकर्ता पोसिँदै आएको उनी मात्र होईनन् । जिल्लाका अधिकाशं दलका कार्यकर्ता शिक्षक बुद्धिजिवीहरुले कृषि र पशुपालनका नाममा बर्षेनी लाखौँ रकम कुम्ल्याउने गरेका छन् । सत्तारुढ नेकपाका अगुवा कार्यकर्ता सरकारी अनुदानमा झन बढी पोसिँदै आएका छन् । धुर्कोट गाउँपालिका वडा नं २ पिपलधाराका नेकपाका अगुवा नेता बाबुराम खड्काले गत वर्ष सोही मन्त्रालयबाट बाख्रापालनका नाममा ४ लाख भन्दा बढी रकम अनुदान कुम्ल्याएका थिए ।

त्यस्तै जनप्रतिनिधिहरु स्वंमले र परिवारका सदस्य एवम् आसेपासे सरकारी अनुदानमा रमाउँदै आएका छन् । गत वर्ष भैँसी पालनका नाममा मालिका गाउँपालिका वडा नं ८ का वडाध्यक्ष टिका बहादुर जिसी,उनकी श्रीमती त्यस गाउँमा भएका शिक्षक र पूर्व शिक्षकहरु मिलेर सोही मन्त्रालयबाट १५ लाख भन्दा बढी रकम अनुदान पाएका थिए ।

असार मसान्तमा भैँसी खरिद नगरी गाउँका भैँसी २/४ दिनलाई पैँचो खोजेर बनाईएको टहरामा बाँधियो । अनुगमन गर्न पनि कर्मचारीहरु पुगे । तीनै भैँसीका फोटो खिचियो । फोटो सहित कागजपत्र पेस गरियो । रकम निकाशा पनि भयो । रकम निकाशी हुनासाथ भैँसी जो जसका हुन् उनीहरुका गोठमा लगेर छाडियो । त्यो समाचार रातोपाटीमा प्रकाशित भएपछि खैलाबैला मच्चियो । धमाधम गाई र भैँसी किन्न बल्ल थालिएको थियो ।

वास्तविक गरिव किशानले नपाएकै हो : परराष्ट्रमन्त्री

यी त प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । त्यस मन्त्रालयबाट सोही अनुगमन हुन सके कार्यकर्ता पोसिनुको सट्टा वास्तविक किसानले राहत पाउने थिए । सर्वसाधारण र वास्तविक किसानले भने सरकारी अनुदानको सुँईको नै पाउँदैनन् । हालै गुल्मी आएर फर्किएका सघिंय सरकारका परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदिप कुमार ज्ञवालीको यस विषयमा ध्यानाकृष्ट गराईयो ।

मन्त्री ज्ञवालीले भने–“बडो जाहेज विषय उठाईयो, वास्तविक गरिव किशानले सरकारी अनुदान पाउन नसके कै हुन् । क्याविनेटमा कृषि मन्त्री ज्यूलाई अनुदान वास्तविक किसान र पछाडी परेको वर्ग समुदासम्म पुर्याउन सक्ने गरी कार्यक्रम पार्न ध्यानाकृष्ट गरेका छौँ । अब केही दिनमै कृषि मन्त्री ज्यूले कृषक परिचयपत्र लागुगरी बिउ, बिल,मल देखि सबै कुरा सिधै वास्ताविक किसान कहाँ पुग्ने गरी कार्यक्रम ल्याउँदै हुनुहुन्छ ।”

कोभिड १९ को राहत बिशेष कार्यक्रममा पनि कार्यकर्ताकै रजाईँ

गत बर्ष गरिबी निवारण कार्यक्रम अन्तर्गत प्रदेशको सोही मन्त्रालयबाट कृषि र पशुपालनका लागि प्रतिकृषक ३०÷३० हजारका दरले परेको थियो । त्यो गरिवी निवारण कार्यक्रममा पनि दलकै कार्यकर्ता र सम्पन्न परिवार समावेश गरिएको पाईयो । गुल्मीको कालिगण्डकी गाउँपालिका, मदाने र मालिका गाउँपालिकामा ३० देखि ३५ जनासम्म छनौट गरियो ।

कतिपय पालिकाले त एकजना पनि दलित र जनजाति समावेश नगरेका भेटियो । यस वर्ष फेरी कोभिड १९ विशेष राहत स्वरुप कृषि विशेष कार्यक्रम उक्त मन्त्रालयले पठाएको थियो । २०÷२० हजारका दरले कोनिका बाँडे झैँ बाँढिएको त्यो रकममा पनि अधिकाशं दलकै कार्यकर्ता पोसिएका छन् ।

२ रोपनी भन्दा बढि जमिनमा ब्यवसायीक तरकारी खेती गर्ने कृषक र कोरोना संक्रमणका कारण बैदेशिक रोजगार गुमाई घर फर्केका बेरोजागार युवालाई स्वरोजगारी सिर्जना गर्नका लागि उक्त कार्यक्रम पठाईएको हो । उक्त रकम को कस्तालाई बाँढियो त भनेर हामीले रेसुङ्गा नगरपालिकाको एउटा वडामा खोज गयौँ । त्यो थियो वडा नं १२ दुविचौर ।

त्यस वडाका वडाध्यक्ष कुलबहादुर टन्डनले अधिंकासं आफ्नो पार्टी नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई मात्र पासेको त्यहाँ स्थित नेकपाका कार्यकर्ताहरुको आरोप छ । सो पाटीले विरोध स्वरुप ज्ञापन पत्र पनि बुझायो । त्यस वडाका तुल्सीराम पौड्याल उर्लेनीको विद्यालयमा क्यान्टिन चलाउने र होटल समेत सन्चालन गर्ने सम्पन्न व्यक्ति हुन् ।

न उनी बिदेशबाट फर्केको न ब्यवसायीक कृषक नै । तर उनलाई २० हजार रुपैयाँ बाख्रापालनका लागि दिईएको छ । त्यहाँका शालिकराम खत्री , नेपाली सेनाका पेन्सनर हुन् । उनले घरमा मिल सन्चालन गरेका छन् । त्यस वडा कार्यालय उनकै घरमा भाडा लिएर बसेको छ । उनी अनुदानमा टनेल पाउने देखि पछिल्लो त्यो २० हजार पाउनेमा समेत छुटेका छैनन् । गिरिबहादुर थापा त्यस वडामा नेपाली कांग्रेसका उपसभापति भएको बताईन्छ ।

उनी र उनकी दाजुकी बुहारी पर्मिला थापा पनि २०/२० हजार पाउनेमा परेका छन् । होटलवाला तामबहादुर टन्डन र पसल वाला प्रकास टन्डन , गुनबहादुर बस्नेत , जसका एउटा छोरा आर्मीको लाहुरे अर्का छोरा बिदेशमा भएकाले पनि भैगो त्यो २० हजार माथी उर्लेनी गाउँका दलितलाई देउ जसले दिनभरी निमेक नगरि साँझ चुलो बोल्दैन भन्न सकेनन् । अन्तत : त्यो २० हजार बुझेरै छाडे ।

नेत्रबहादुर बस्नेत, वडा सदस्य खिमबहादुर थापाकी बुहारी खिमा थापा, एमबहादुर टण्डन , पक्की घर भएकी सावित्रा थापा र लक्ष्मी कार्की सहित २० जनाले २०/२० हजार पाए तर एक जना पनि दलितहरु उक्त कार्यक्रम पर्न सकेन् । यस विषयमा वडाध्यक्ष टण्डनको प्रतिक्रिया माग्दा आफुहरुले सुचना टाँस गरेको र आएका मागपत्रहरु सिफारिस गरेर नगरपालिकामा पठाएको बताउँदै भने, “दलित समुदायका एक जनाको पनि निवेदन नआएका कारण पर्न सकेनन् । आफुले कार्यकर्तालाई मात्र अनुदान दिन नखोजेको सयोंगले ती मानिसहरु अनुदान पाउनेमा परेका जिकिर गरे ।

त्यसरी अपारदर्शी र मापदण्ड विपरित कोभिड १९ को कार्यक्रम वितरण गर्ने त्यो वडा केबल प्रतिनिधिमूलक वडा मात्रै हो ।” नेकपाबाट विजयी चन्द्रकोट गाउँपालिका वडा नं ८ का वडाध्यक्ष नन्दराम अर्यालले पनि आफ्ना अगुवा कार्यकर्ता तथा शिक्षकहरु समेतलाई २०÷२० हजार वितरण गरे । तर त्यसै वडाको अत्यन्तै विपन्न कुमाल समुदाय,दलित समुदायलाई त्यस कार्यक्रममा समावेश गर्न सकिएन् ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित