बागलुङ : बागलुङ नगरपालिका-४ ओडारचौरमा ट्रिपर दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।ओडारचौरबाट ढोडेनीतर्फ जाँदै गरेको १ग १ क ४३५० नम्बरको ट्रिपर दुर्घटना हुँदा चालक र सहचालक घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीले बताए ।
घाईतेहरुमा चालक मकवानपुर घर भएका २५ वर्षीय हिमाल राना र सहचालक म्याग्दीको मंगला गाउँपालिका–५ घर भएका ३८ वर्षीय सहचालक तिलक फगापी पुन घाईते भएको रेग्मीले बताए । खाली ट्रिपर दुर्घटना भएको र दुर्घटनाको कारणबारे छानबिन भैरहेको प्रहरीले जनाएको छ ।
Badigad Online