ढोरपाटन बाढी पहिरो प्रभावित क्षेत्रमा २ दिन भित्र सञ्चार सेवा सुचारु हुने !

ढोरपाटन बाढी पहिरो प्रभावित क्षेत्रमा २ दिन भित्र सञ्चार सेवा सुचारु हुने !

Badigad Online
3 Min Read

बडिगाड अनलाइन । बाग्लुङको ढोरपाटन नगरपालिकामा गत भाद्र १७ गते गएको पहिरोले लघुजलविद्युत आयोजना बगाएर विद्युत सेवा अवरुद्ध बनेपछि अवरुद्ध बनेको नेपाल टेलिकमको सञ्चार सेवा सुचारु हुने भएको छ ।

बाढीले त्यसक्षेत्रमा सञ्चालित ११ वटा लघुजलविद्युत आयोजना बगाएपछि विद्युत सगैं सञ्चार सेवा पनि अवरुद्ध भएको छ । विद्युत सेवा अवरुद्ध भएपछि त्यसक्षेत्रमा सञ्चालित नेपाल टेलिकमको टावरमा पनि ब्याकअपको चार्ज सकिएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो । अवरुद्ध टेलिफोन सेवा सुचारु गर्नका लागि अहिले काम चलिरहेको छ । नेपाल टेलिकम बाग्लुङले उक्त क्षेत्रमा सोलार जडान गरेर टेलिफोन सेवा सुचा? गर्ने तैयारी थालेको छ ।

नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इन्जिनीयर केशव शर्माले वडा नं ७ बोबाङ र ९ देउरालीमा रहेको टावरमा सौर्य उर्जा प्रणाली सोलार जडान हुँदै गरेको र २ दिनभित्र सेवा सुचारु हुने बताउनुभयो । ढोरपाटनका बाढी प्रभावितको दैनिकी अहिले कष्टकर बनेको छ । बाढीमा घरबास गुमाएका मानिसहरु टहरा, गोठ र विद्यालयमा आश्रित छन् । हातमुख जोड्न राहतको भर पर्नुपर्ने स्थिति छ ।

थातथलोबाट उठिबास भएकाहरु अन्धकारमा रात गुजार्न विवश छन् । सामुदायिक स्वास्थ्य एकाए नै बाढीले बगाएपछि सामान्य औषधोपचारको समेत अभाव छ । बाढीले क्षत्विक्षत पारेको सडक अहिले सर्कुदुङसम्म खोलिएको छ । उक्त ठाउँसम्म पुग्ने मोटरबाटो पूर्ण ?पमा ठुला यातायात नै चल्ने गरी खोलिएको र ढोरपाटनसम्म ट्याक्टरनै पुग्ने गरी मोटरबाटो खोलिएको नगरपालिकाले जनाएको छ ।

ढोरपाटन सालझण्डी मोटरबाटो अन्तर्गत रहेको डोजर र अन्य २ डोजर गरी अहिले ३ वटा डोजरले बाटो निर्माणको काम गरिरहेका छन् । बाढी अत्यन्तै प्रभावित ठाउँसम्म पुग्नका लागि मोटरबाटो सुचारु भईसकेको र त्यहाँ देखि माथि ढोरपाटनसम्म पनि बाटो खुलाउनका लागि काम भईरहेको बताईएको छ । ढोरपाटन नगरपालिकाका अनुसार बाढीले वडा नं.१ देखि ९ सम्मका ११ वटा लघुजलविद्युत् आयोजनामा क्षति र्पुयाएको छ ।

कुनै आयोजना पूर्णरुपमा र कुनै आंशिक मर्मत, सुधार गर्नुपर्ने स्थितिमा छन् । मर्मत गरेर चल्ने छिट्टै सञ्चालनमा ल्याउने नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो । बाढीमा परी २२ जनाले ज्यान गुमाएका छन् १५ जना अझै बेपत्ता छन् । बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति र्पुयाएको छ । विद्यालय, झोलुङ्गे, ढलान र काठे पुलसमेत बगाएको छ । हजारौँ रोपनी खेतीयोग्य जमीन बगरमा परिणत भएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित