गुल्मीमा काग्रेस कार्यकर्ता र प्रहरी बिच झ`डप : आधा दर्जन घा*ईते !

गुल्मीमा काग्रेस कार्यकर्ता र प्रहरी बिच झ`डप : आधा दर्जन घा*ईते !

Badigad Online
1 Min Read

गुल्मी-गुल्मीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबिच झ*डप भएको छ । रेसुंगा नगरपालिका १२ को रानीपोखरी निमाविको बिषयलाई लिएर झ*डप भएको हो । झ*डपमा परी सुरक्षाकर्मी र काँग्रेसका कार्यकर्ता गरी आधादर्जन घा*ईते भएका छन् । केहि दिन अघि रानीपोखरी निमाविको भवन निर्माणका विषयमा नेकपा र कांग्रेस कार्यकर्ता बिच बि*बाद भएको थियो ।

बि*बादकै क्रममा नेकपाका कार्यकर्ताले आफ्ना मान्छेहरु कु*टपीट गरेर घा*इते बनाएको कांग्रेसको दावी छ । नेकपाले आफना पनि कार्यंकर्ता माथि कु*टपीट भएको बताउँदै आएको छ । सोमबार आफना कार्यंक्रर्ताहरुलाई कु*टपीट गर्नेहरुलाई प्रहरीले पक्राउ नगरेको भन्दै जिल्ला प्रशासन कार्यलय अगाडी बि*रोध प्रर्दशन गरेका थिए ।

एक्कासी प्रशासन कार्यालय भित्र कांग्रेस नेता कार्यकर्ता पस्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झ*डप भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।झ*डपमा कांग्रेस जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ र नेता पूर्णबहादुुर केसी घा*इते भएको कांगेस जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

त्यस्तै प्रहरी निरीक्षक राजकुमार रावल सहित चार जना घा*इते भएको पन्तले जानकारी दिए । नेपाली कांग्रेसका सभापति भुवन प्रसाद श्रेष्ठले प्रहरी र प्रशासनले सत्ताको आडमा घ*टनामा संलग्नहरुलाई उन्मुक्ति दिइरहेको आ*रोप लगाए । उनले सोमबार साँझसम्म कांग्रेस कार्यकर्ता कु*टपीट गर्नेलाई पक्राउ नगरे चरणवद्ध आन्दोलन गरिने बताए ।
भिडियोमा हेर्नुहोस्

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित