बडिगाडकी मृगौला पीडित कुन्ती घर्तीद्धारा सहयोगका लागि अपिल !

बडिगाडकी मृगौला पीडित कुन्ती घर्तीद्धारा सहयोगका लागि अपिल !

Badigad Online
1 Min Read

जीवन पाण्डे बडिगाड अनलाइन । बडिगाडकी एक मृगौला पीडित महिलाका परिवारले आर्थिक सहयोगका लागि अपिल गरेका छन् । गाउँपालिकाको वडा नं ५ साविकको ग्वालिचौर वडा नं ८ बस्ने मेख बहादुर घर्तीकी श्रीमती कुन्ती घर्तीको मृगौलाले काम गर्न छाडेपछि उपचारमा आर्थिक अभाव हुँदा सहयोगका लागि परिवारले अपिल गरेका हुन् । लमो समयदेखि मृगौलाको रोगले ग्रसित घर्तीलाई गौतम बुद्ध सामुदायिक अस्पताल बुटबलमा उपचाररत रहेको र मृगौला नै प्रत्यारोपण गर्नुपर्ने अवस्था आएपछि परिवारले सहयोगको अपिल गरेका हुन् । भएको सम्पत्ति उपचार मै सकियो डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्छ भनेका छन् मैले अब त्यत्रो पैसा कहाँबाट ल्याउनु उनका श्रीमान मेख बहादुर घर्तीले श्रीमतीको जीवन बँचाई दिनका लागि सबैसगं आग्रह गर्नुभएको छ । मृगौला प्रत्यारोपणका लागि श्रीमानले मृगौला दिन तैयार रहेपनि त्यसका लागि आवश्यक पैसा जुटाउन नसकेपछि यतिबेला उहाँको परिवारले सहयोगका लागि सबैसगं आग्रह गरेको छ । उहाँको दुबै मृगौलाले काम गर्न छाडेपछि यतिबेला उपचारमा आर्थिक अभाव भएपछि जीवन र मरणको दोषाधमा बाँचिरहनुभएको छ । सहयोग गर्न ईच्छुक महानुभावले बडिगाड अनलाईनको सम्पर्क नं ९८६७२७७८०९ मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित