भेल पहिरोले बडिगाडमा आधा दर्जन घर विस्थापित : मध्यपहाडी लोकमार्ग अवरुद्ध !

भेल पहिरोले बडिगाडमा आधा दर्जन घर विस्थापित : मध्यपहाडी लोकमार्ग अवरुद्ध !

Badigad Online
1 Min Read

फोटो कमल पौड्यालको फेसबुकवालबाट

बडिगाड अनलाइन । सोमबार बेलुकी भिषण वर्षासगैं गएको भेल पहिरोले बडिगाड गाउँपालिकामा आधा दर्जन घर विस्थापित बनेका छन् । लगातारको वर्षासगैं आएको भेल पहिरोले गाउँपालिकाको वडा नं २ राक्सेमा आधा दर्जन बढी घरहरु विस्थापित भएको स्थानीय होसियार सिहं ठकुरीले जानकारी दिनुभयो ।

अहिलेसम्म मानवीय क्षति भएको जानकारीमा नआएको र केही घर विस्थापित बनेको उहाँले बताउनुभयो । बिजुलीका पोलहरु ढलेको र केही घर गोठहरुमा क्षति पुगेको उहाँले बताउनुभयो ।एक्कासी माथिबाट रेलो सहितको भेल आएको उहाँको भनाई छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

मध्यपहाडी लोकमार्ग अवरुद्ध

यसैबीच अविरल वर्षासगैं झरेको भेल पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राक्से वरपर धेरै ठाउँमा पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजाले जानकारी दिनुभएको छ । उक्त मोटरबाटो अवरुद्ध भएकाले र वर्षा निरन्तर भईरहेकाले सुरक्षित रुपमा रहन र सावधानी अपनाउन समेत उहाँले आग्रह गर्नुभएको छ । अवरुद्ध सडक भोलि मात्रै सुचारु हुने अध्यक्ष पाईजाले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित