गुल्मीमा पहिरोले पुरिएका एक जनाको शव फेला, एक बेपत्ता !

गुल्मीमा पहिरोले पुरिएका एक जनाको शव फेला, एक बेपत्ता !

Badigad Online
1 Min Read

फाईल फोटो 

गुल्मी : गुल्मीमा पहिरोमा परेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन्।

सोमबार राति ८ बजे जिल्लाको इश्मा गाउँपालिका वडा नं २ छल्दीपनाहा  रातडाडा सडकमा पहिरो जाँदा  इश्मा २ स्यालाका पैदल हिडीरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ६ वर्षका सफल कुमाल पहिरोमा परि बेपत्ता भएका थिए।

बेपत्ता भएका मध्ये प्रेम बहादुर कुमालको सडक देखि ५० मिटर तल मंगलबार बिहान शव फेला परेको र सफलको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए। अहिले नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीले सफलको खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित