सोलुखुम्बु माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको मंगलबार बिहान करेन्ट लागेर निधन भएको छ। आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय वडाध्यक्ष तामाङको उपचारको क्रममा निधन भएको बताईएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूका अनुसार बिहान ८ः३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते भएका र जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनको श्रीमती र तीन छोराछोरी छन् भने उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए।
Badigad Online