मुसिकोटका १० कर्मचारी सहित थप १७ जनामा कोरोना सक्रंमण : नगरपालिका सील !

मुसिकोटका १० कर्मचारी सहित थप १७ जनामा कोरोना सक्रंमण : नगरपालिका सील !

Badigad Online
2 Min Read

सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकामा १७ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । भाद्र २५ गते समुदायस्तरमा २९ जनाको स्वाव सकंलन गरि परिक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाईएकोमा १७ जनाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।

सक्रंमितमध्ये नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारी ९ जना रहेका छन् । त्यस्तै २ जना सुरक्षाकर्मी , १ जना एम्बुलेन्स चालक, १ जना स्थानीय र बाँकी ४ जना क्वारेन्टाईनमा रहेका व्यक्ति रहेको उहाँले जानकारी दिनुभयो । नगरकार्यालापलिकामा कार्यरत कर्मचारीहरु मध्ये ईन्जिनियर देखि विभिन्न शाखाका शाखा प्रमुखहरु रहेको उहाँको भनाई छ । सक्रंमतिको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र केहीमा सामान्य लक्षण देखिएकाले उहाँहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको उहाँले बताउनुभयो ।

यसैबीच पछिल्लो समय समुदायस्तरमा कोरोना सक्रंमण फैलिएको र नगरपालिकामा कार्यरत कर्मचारीमै कोरोना सक्रंमण पुष्टी भएपछि आज बसेको नगरकार्यपालिकाको बैठकले असौज १३ गतेसम्मका लागि नगरपालिकाको कार्यालय र वडा नं ७ वडा कार्यालय सील गर्ने निर्णय गरेको छ । उक्त समय अवधीभर नगरपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवा सुविधा समेत बन्द रहने अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

आज सक्रंमित भएकाहरुको सम्पर्कमा रहेकाको कन्ट्याक टे«सिङ्को आधारमा स्वाव सकंलन गर्नका लागि तैयारी भईरहेको उहाँले बताउनुभयो । अधिकृत भण्डारीले कोरोना भाईरसको बढ्दो प्रभावबाट नआत्तिन,स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाई अत्यावश्यक दैनिक क्रियाकलाप गर्न र सभांवित जोखिमबाट बच्ने उपायबारे जानकारी लिन आग्रह गर्नुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित