गुल्मीदरवार गाउँपालिकाले बाँझो जग्गाको लगत संकलन गर्दै !

गुल्मीदरवार गाउँपालिकाले बाँझो जग्गाको लगत संकलन गर्दै !

Badigad Online
1 Min Read

गुल्मी । गुल्मीदरवार गाउँपालिकाले पालिका भित्र रहेको बाँझो जग्गाको लगत संकलन कार्य सुरु गरेको छ ।

कोरोना भाइरसका कारण बिदेशबाट फर्केका र स्वदेशमै रोजगारी गुमाएका युवाहरुलाई कृषि र पशुपालन मार्फत आत्म निर्भर बनाउनका लागि बाँझो जग्गाको लगत सकलन कार्य सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

पालिका भित्र रहेका बाँझो जग्गालाई उपयोगमा ल्याउनका लागि गाउँपालिकाले भूमि बैंक कार्यबिधि २०७७ पारित गरेको र सोही अनुसार नै लगत संकलनको कार्य गरिएको गाउँपालिकाले जनाएको छ । पालिका भित्र रहेका बाँझो जग्गाका जग्गा धनिहरुले गाउँपालिकामा यहि असोज मसान्तसम्म निबेदन दर्ता गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्राप्त जग्गाहरुलाई भूमि बैंकमा दर्ता गरि सो जग्गा अनुसार पालिकाले निर्णय गरे बमोजिम रकम जग्गा धनिले प्राप्त गर्न सक्ने पाण्डेले बताउनुभयो । पालिकाले तोकेको समय अबधिसम्म निबेदन दर्ता नगरि जग्गा बाँझो राखेमा पालिकाबाट प्राप्त हुने सम्पुर्ण सेवा सुबिधाहरु रोक्का गर्ने र प्रति रोपनी एक हजारका दरले जरिवाना समेत गर्ने गाउँपालिकाले चेतावनी दिएको छ । गाउँपालिका भित्र करिब ६१२ जना युवाहरु देश तथा बिदेशबाट रोजगारी गुमाएर फर्किएका गाउँपालिकाले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित