ढोरपाटनका बाढी प्रभावित परिवारलाई ११ लाख बडी राहात वितरण

ढोरपाटनका बाढी प्रभावित परिवारलाई ११ लाख बडी राहात वितरण

Badigad Online
1 Min Read

युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा ढोरपाटनका बाढी प्रभावित परिवारलाई ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी राहत स्वरूप वितरण गरिएको छ। युसबी सेवाका अध्यक्ष आकाश युसबी थापाका अनुसार बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई १९ हजारका दरले किरिया खर्च र प्रतिमृतक पाँच हजारका दरले थप रकम दिइएको हो। ‘पाँच सदस्य गुमाएको परिवारले कुल ४४ हजार सहित बाइस मृतक परिवारले कुल छ लाख १३ हजार राहत रकम पाएका छन्।

बाढीले पूर्ण क्षति पुर्‍याएका ५५ घरका परिवारलाई रु आठ हजारका दरले राहत दिईएको साथै आंशिक क्षति पुगेका ६१ मध्ये चार घरलाई रु ४ हजार र अन्य घरलाई रु १ हजारका दरले दिईएको बताईएको छ। यस्तै बाढीग्रस्त क्षेत्रका बालबालिकाको मनोबल बढाउन खेलौना, स्टेशनरी सामग्री गरिएको हो भने घाइते दुई जनालाई रु १०/१० हजार दिईएको बताईएको छ। बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्‍याएको छ । साथै सडक, विद्यालय, सामुदायिक स्वास्थ्य एकाइ, लघुजलविद्युत् आयोजना, झोलुङ्गे, ढलान र काठे पुललगायतका दर्जनौँ भौतिक संरचना समेत अस्थ ब्यस्त छन्। बाढी पीडितका लागी राहत स्वरुप देश–विदेशमा रहेका नेपालीहरुबाट सहयोग जुटेको बताईएको छ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित