बागलुङ : बागलुङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरेको परीक्षणमा जिल्लाको बडिगाड गाउँपालिकाका १ जना र बागलुङ नगरपालिकाका १३ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
संक्रमित हुनेमा बडिगाड गाउँपालिका वडा नम्बर १ का २६ वर्षीया महिला र बागलुङ नगरपालिकाका १३ का ६२ वर्षीय पुरुष रहेका छन् । उनीहरु केही दिन अगाडी भारतबाट आई क्वारेन्टिनमा बसेको बताइएको । त्यस्तै बागलुङसँगै कास्की, नवलपुर, लम्जुङ, तनहुँ स्याङ्जा र म्याग्दीमा संक्रमित थपिएका छन् ।
कास्कीमा ९, नवलुरमा १, स्याङ्जा ३, म्याग्दी १, तनहुँ ४ र लम्जुङका ५ जना गरि २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३५४८ पुगेको छ । संक्रमितलाई आइशोलेसनमा राख्ने तयारी भएको बताइएको छ ।