बाग्लुङमा पहिरोले गोठ पुरिँदा एक बेपत्ता : दुई भैंसी मरे !

बाग्लुङमा पहिरोले गोठ पुरिँदा एक बेपत्ता : दुई भैंसी मरे !

Badigad Online
1 Min Read

बागलुङ। बागलुङको काठेखोला गाउँपालिका – २ भीमापोखरा बास्कोटमा पहिरोले गोठ पुरिँदा एक पुरुष बेपत्ता हुनुभएको छ भने दुई वटा भैंसी मरेका छन् ।

अविरल वर्षासँगै आएको पहिरोले भुमियाखेतमा रहेको गोठ भत्किँदा स्थानीय अन्दाजी ६० वर्षीय टेकबहादुर खाती बेपत्ता हुनुभएको हो । बेपत्ताको खोजी कार्य सुरु भएको अक्षते प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

नेपाल प्रहरी र स्थानीयवासीको सक्रियातमा बेपत्ताको खोजी कार्य भैरहेको छ । बेपत्ता खातीको मोबाइल घटनास्थलमै भेटिएको छ । बुधबार साँझ गोठमाथि रहेको सडकबाट पहिरो खसेको वडाध्यक्ष विद्यापति शर्माले जानकारी दिनुभयो । गोरखापत्र अनलाइन

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित