फाईल फोटो
सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकामा कोरोना सक्रंतिको सम्पर्कमा आएकाहरुको पीसीआर परिक्षणका लागि स्वाव सकंलन गरिएको छ । मगंलबार नगरपालिकामा कार्यरत ७ जना कर्मचारी सहित, सुरक्षाकर्मी, ऐम्बुलेन्स चालक र स्थानीय लगायत समुदायस्तरमा १७ जनालाई कोरोना सक्रंमण पुष्टी भएको थियो ।
त्यसलगत्तै नगरपालिकाले कन्ट्याक टे«सिङको आधारमा उनीहरुको सम्पर्कमा आएका परिवार, स्थानीय र मुसिकोट नगरपालिकामा कार्यरत कर्मचारी लगायत स्थानीय गरी ६७ जनाको स्वाव सकंलन गरी परिक्षणका लागि तम्घास प्रयोगशालामा पठाइएको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।
सक्रंमित सबै अहिले होम आईसुलेसनमा रहेका छन् । सक्रंमितको सम्पर्कमा आएकाहरुलाई पीसीआर रिपोर्ट नआउन्जेल क्वारेन्टाईनमै बस्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । स्वाव परिक्षणका लागि तम्घास प्रयोगशालामा पठाईएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको कार्यालय र वडा नं ७ मा कार्यरत कर्मचारीहरुमा कोरोना सक्रंमण देखिएपछि अहिले मुसिकोट नगरपालिकाको कार्यालय र वडा नं ७ वडा कार्यालयलाई शील गरिएको छ ।