बागलुङ्ग र सिन्धुपाल्चोकलाई विपत संकटग्रस्त क्षेत्र घोषणा

बागलुङ्ग र सिन्धुपाल्चोकलाई विपत संकटग्रस्त क्षेत्र घोषणा

Badigad Online
1 Min Read

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पहिरोबाट प्रभावित सिन्धुपाल्चोक र बागलुङ्ग दुबै जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार यो निर्णयसँगै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयँँ लगानी गरेर पुनर्निर्माणको काम गरिनेछ र यसको अगुवाई विपत व्यवस्थापन प्राधिकरणले गर्ने छ। केहि समय देखि परेको पानिले नेपालका विभिन्न ठाउमा बाढी पहिरो गैरहेको छ भने यी दुई जिल्ला अन्य जिल्लाको तुलनामा सबै भन्दा बडी क्षति पुगेको जिल्ला हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित