पाल्पा पहिरो : बेपत्ता एकै परिवारका ५ जना अझै फेला परेनन् !

पाल्पा पहिरो : बेपत्ता एकै परिवारका ५ जना अझै फेला परेनन् !

Badigad Online
3 Min Read

फाईल फोटो

पाल्पा । विहिवार विहान ३ बजे देखि ४ बजेको विचमा माथीबाट आएको पहिरोले घर बगाउँदा बेपत्ता भएका पाल्पाका ५ जना मानिसहरुको अवस्था अहिले साँझ सम्म पनि अघात रहेको छ । रम्भा गाउँपालिका–फोक्सीङ्ग बेलौजाका ६० बर्षीय ह्ुमबहादुर गाहका छोरी तर्फकी नातिनी सहित पाँच जनाको परिवार बगेर बेपत्ता भएका थिए ।

उनकी ५० बर्षीया श्रीमति धनिसरा गाह , १७ बर्षीया छोरी कृष्णमाया गाह , मामा घर आएकी १४ बर्षकी नातिनी खुमीसरा आले, छोरा तर्फकी छोरी बर्ष ८ की लक्ष्मी गाहा पहिरोले पुरिएर बपेत्ता भएका हुन् । रम्भा गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले घटना स्थल अत्यन्तै जोखिमपुर्ण भएकोले बेपत्ता ५ जनालाई भेटाउन मुस्कीले परेको बताउनुभयो ।

घटनास्थल सदरमुकाम तानसेनबाट ४५ किलो मिटर दुरीमा पर्दछ । त्यहाँ पुग्ने मोटरबाटो पहिरोले दुबै तर्फ ब्लग रहेकाले सुरक्षाकर्मीहरु बाटैमा रहेको भण्डारीले बताउनुभयो । एकै परिवारका ५ जना बेपत्ता मध्ये १४ बर्षीया खगिसरा आले हिजो साँझ मात्रै मावली घर आएर सुतेको त्यस वडाका वडाध्यक्ष उमानसिंह सारुले जानकारी दिनुभयो ।

हुमबहादुरका ६ वटी छोरी मध्ये ५ वटीको विवाह भई सकेको थियो । कान्छी श्रीमति तर्फकी दुई छोरी मध्येकी कान्छि छोरी कृष्णमाया कक्षा ९ पढ््दै थिईन् । हुमबहादुरका एक मात्र छोरा मनबहादु्र आलेकी ८ बर्षीया छोरी पनि हिजो हजुर आमा बुवाकहाँ स्ुत्न आएकी थिईन । बुढो घर संगै गाहाका छोरा मानबहादुर , दाजु हुमबहादुर गाहको सहित एकै परिवारका छुट्टा छुटै तिन वटा घर पहिरोले बगाएर लगेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

हामीले हेर्दा हेर्दै अहिले विहान उनका दाजु र छोराको घर पनि माथीबाट आएको पहिरोले बगायो । त्यस गाउँमा २० घरधुरी मध्ये अन्य १७ घरधुरी पनि उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारेको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । हिजो दिउँसो नै घर चर्केको देखेर घरमा नबस्न छिमेकीहरुले सुझाव दिएपनि उनीहरुले पहिरोले घर बगाउला भनेर बिश्वास नगरि राती आठ नौ बजेतिर खाना खाई सुतेको वडाध्यक्ष सारुले बताउनुभयो ।

स्थानीय स्वाथ्यचौकीका प्रहरीले खनेर उनीहरुलाई खोज्ने प्रयास गरे पनि माथीबाट पहिरो झरेको झरै गरे पछि मुस्कील परेको हो । उता सोही जिल्लाको रम्भा गाउँपालिका वडा नम्वर २ सुरुङ्गडाँडाकी २७ बर्षीया मोतीसरा गाहको पहिरोले घर बगाउँदा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी मदन जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित