इन्डियन प्रिमियर लिग आईपिएलको १३औँ संस्करण शनिबार देखि दुबैमा सुरु भैसकेको छ। यहि आईपिएलको लागि दुवै पुगिसकेका छन् नेपालको सुदूरपश्चिमको डडेल्धुरामा जन्मेका हर्कबहादुर कैनी हरी। उनी एक इन्जिनियर हुन जो आईपिएलको प्राविधिक टोलीमा कार्यरत छन्। उनले खेलमा भएका हरेक रोमाञ्चक दृश्यहरुलाई आकर्षक बनाएर दर्शकसामु पुर्याउने काम गर्दछन। यो कुरा सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ तर यो सत्य हो कि नेपाली युवा अहिले आईपिएल खेलको हरेक दृश्य सम्पादन गरेर आकर्षक बनाएर दर्शक सामु पुराउने काम गरिरहेका छन्।
उनले कक्ट्रोल रुममा बसेर क्यामेरा कन्ट्रोल गर्नुका साथै क्यामेराको रंग म्याचिङको काम गर्छन्। हाल उनि युएई मै छन् भने उनले युएईबाट आइपिएलको प्रत्यक्ष प्रसारण गरिरहेका छन्। उनले आइतबार आइपिएलको दोस्रो खेल क्यापिटल्स र किंग्स ११ पन्जाब बिचको खेल पनि प्रत्यक्ष प्रसारण गरेका थिए। त्यसो त उनले यसरी काम गरेको यो पहिलो पटक भने अवस्य हैन। उनि एक अनुभवी इन्जिनियर हुन। उनले विश्वकप क्रिकेट, आइपिएल, विश्वकप कवड्डि, बहुचर्चित आइफा एवार्ड लगायतका विभिन्न इभेन्टस्को प्रत्यक्ष प्रसारण गरिसकेका छन्।
उनको अनुभब र काम गर्ने क्षमता देखेर नै उनलाई युएई बोलाईएको हो। आइपिएलका लागि भनेर १ सेप्टेम्भरमा उनी डडेल्धुराबाट दिल्ली गएका थिए। त्यसपछि दिल्लीबाट ७ सेप्टेम्भर उनी दुबई गएका हुन्। ताज होटेलमा केहि दिन क्वारेन्टिन बसेपछि उनको काम सुरु भएको थियो जस अनुसार १५ सेप्टेम्भर देखि १९ सेप्टेम्भरसम्म उनले सेटअपको काम सकेका थिए। सेटअपको काम सकेर आईतबारबाट युएईको अन्तर्राष्ट्रिय मैदानको पर्दा पछाडी बसेर उनले काम गरिरहेका छन्। केहि समयअघि मात्रै भारतको रन्जित ट्रफि र जनवरीमा फिलिपिन्समा भएको ‘सिगेम’मा समेत हरी पुगेका थिए। उनले यसरी विभिन्न खेल, अवार्ड शो र अन्य धेरै ईभेण्ट्सलाई दर्शक माज पुराउने काम गरिरहेका छन्। जे होस् नेपालको एउटा गाउमा जन्मेको छोरो यसरी बिस्व प्रख्यात ईभेन्ट्सहरुमा पर्दा पछाडिको हिरो भएर काम गरेको खबरले हामी सम्पूर्ण नेपालीको मन पनि गर्बले ढक्क फुल्छ।