बाग्लुङमा भिरबाट लडेर एक युवाको मृत्यु !

बाग्लुङमा भिरबाट लडेर एक युवाको मृत्यु !

Badigad Online
1 Min Read

बागलुङ – बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । खरबारीमा घाँस काट्ने क्रममा रेश म्याउदी बस्ने २० बर्षिय प्रेमबहादुर थापाको शुक्रबार मृत्यु भएको हो ।

उनलाई छारे रोग रहेको प्रहरीले जनाएको छ ।घाँट काट्न गएका युवा लामो समय घर नफर्के पछि खोजी गर्दा घाँस काट्ने ठाउँदेखि २० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो ।

युवाका शव परिवारले घरमा लिएका छन । घटनास्थलमा प्रहरी पुगेको छ । पोस्टमार्टमको तयारी भैरहेको प्रहरी चौकी अक्षतेका प्रहरी सहायक निरीक्षक विनय रेग्मीले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित