गुल्मीमा संचालन भएका सवारीसाधनले मनपरी भाडा उठाएपछि ट्राफिक प्रहरीको सक्रियता !

गुल्मीमा संचालन भएका सवारीसाधनले मनपरी भाडा उठाएपछि ट्राफिक प्रहरीको सक्रियता !

Badigad Online
2 Min Read

सन्तोष महतरा गुल्मी । गुल्मीमा संचालित सवारी साधनले मनपरी रुपमा भाडा असुलेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुगमनमा कढाई गरेको छ ।

जिल्लामा संचालन हुने सवारीसाधनले दोब्बर तेब्बर भाडा असुल्ने, कोरोनाबाट बच्च सुरक्षा सर्तकताका कुनै पनि उपाय नअपनाउने, यात्रुहरु पनि दोब्बर भन्दा बढी राखेर यात्रा गराएको जानकारीपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयसहित अनुगमनमा सक्रियता देखाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेले जानकारी दिए ।

यसअघि जिल्लाको तम्घास–सेउघा–छल्दी सडकखण्डमा चल्ने सवारीसाधनले मनपरी रुपमा भाडा असुलिरहेको थिए । कोरोनाका कारण सवारीसाधनले ५० प्रतिशन मात्रै यात्रु बोक्ने र भाडा ५० प्रतिशत बढी लिने सरकारले निर्णय गरेपनि सवारीसाधनले दोब्बर भाडा र दोब्बर नै यात्रु बोकेको पाइएको थियो । सोमबार र मङ्गलबार जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्ला प्रहरी सहित अनुगमन गरेको हो ।

अनुगमनमा सक्रियता देखाएपछि सवारीभाडामा केहि फरक परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सवारीभाडामा यात्रुको खासै गुनासो नआएपनि अनुगमनको क्रममा सामाजिक दुरी कायम नगरी यात्रुलाई यात्रा गराइरहेको पनि भेटिएको छ । लामो समयको लकडाउन पछि केहि समय अगाडी लामो तथा छोटो दुरीका सवारीसाधन संचालनमा आएका थिए ।

तर गुल्मीका सवारीसाधनले कोरोनालाई अवसर बनाएर महङ्गो भाडा असुलेको स्थानियको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय सहितले पनि सक्रियता देखाएको र आफुसँग सहकार्य गरेर भाडा घटाउने अनि कोरोनाबाट यात्रुलाई बचाउने अभियानमा लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नविन भण्डारीले जानकारी दिए ।

अब लगातार नै जिल्ला प्रहरी कार्यालय गुल्मीसहित ट्राफिक प्रहरीले अनुगमन गर्ने हवल्दार नविन भण्डारीले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले अनुगमन गरेपछि भाडादर र यात्रुहरुको सख्ंयामा पनि कम आएको छ । सबै सवारीसाधनलाई कोरोनाबाट बच्न सुरक्षाका मापदण्ड अपनाउन अनिवार्य गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित