बडिगाड अनलाइन । बडिगाड गाउँपालिकामा एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाईएको छ ।
गाँउपालिकाको वडा नं. ८ रणसिंहकीटेनी भिर नेपानेकी ३६ वर्षिय खगी सूनारको हेलिकप्टर उद्धार गरि गण्डकी अस्पताल पोखरा पठाईएको हो । भौगोलिक हिसाबले अत्यन्तै दुर्गम मानिएको उक्त ठाउँबाट नेपाल सरकारको मातृ उद्धार कार्यक्रम अन्र्तगत वडिगाड गाँउपालिकाका अध्यक्ष मेहरसिंह पाइजा र जनस्वास्थ्य निरिक्षक चुडामणी कंडेलको विषेश पहलमा उनको उद्धार गरिएको हो ।
सुनारले आईतबार बिहान जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिईन् । बच्चाको तौल पनि अत्यन्तै कम रहेको र आमाको पनि अत्यधिक रक्तश्रावका कारण ज्यानै जोखिममा पर्ने स्थिति आएपछि हेलिकप्टर मार्फत उद्धार गरिएको जनस्वास्थ्य निरिक्षक कडेंलले जानकारी दिनुभयो ।
उनले १ हजार २५० गा्रम तौल भएका जुम्ल्याहा वच्चालाई जन्म दिएकी थिईन् भने बच्चा जन्मिनासाथ सुत्केरी महिलाको अत्यधिक रक्तश्राव भएको बताईएको छ । अत्याधिक रक्तश्रावका कारण ज्यानै जोखिमा परेकी आमालाइ जलजला स्वास्थ्य चौकीको सहकार्यमा वडिगाड ४ जलजलाबाट उद्धार गरिएको हो ।
६० वर्षिय झाँक्रिकी ३६ वर्षिय श्रीमति पाँचौ पटक गर्भवति भएको परिवारले जनाएको छ । उनि एक पटक पनि स्वास्थ्य संस्थाको सम्पर्कमा चेकजाँच गर्न नआएको वुझिएको छ । विहान ३ वजे एउटा वच्चालाइ जिवित जन्म दिएकी सूनारको वच्चा विहान ७ वजे रणसिंहकिटेनी स्वास्थ्य चौकी प्रमुखलाइ जानकारी गराउदाँसम्म नाल नकाटेकै अवस्थामा रहेको कडेंलले बताउनुभयो ।
यता स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको क्षमता अभिवृद्धि तालिम संचालन गर्दै गरेका जनस्वास्थ्य निरिक्षक कंडेल र जलजला स्वास्थ्य चौकीका प्रमुख हेअ उनलाइ घरबाट हेल्थपोस्टसम्म ल्याउनका लागी गाडिको व्यवस्था तथा घरपरिवारलाइ सम्झाइवुझाइ गर्न करिव ३ घण्टा खर्चेको वुझिएको छ ।
झाँक्रिकी श्रीमतिलाइ एउटा वच्चा जन्मिसकेपछि स्टेचरमा राखेर गाँउलेहरुले नेटाखर्क भन्ने ठाँउमा ल्याइपुर्याउदाँ पुन अर्को वच्चा करिव ७ घण्टाको अन्तरालमा जिवित जन्मेपछि गाँउलेहरु पुन घर फर्काउने तयारीमा लागेका थिर्ए । तर जनस्वास्थ्य निरीक्षक र स्वास्थ्य चौकी प्रमुखहरुको अनवरत सम्पर्कले गाँउलेहरु उनलाइ जलजला हेल्थपोष्ट ल्याउन सफल भएका थिए ।
वर्थिङ सेंन्टर समेत रहेको जलजला हेल्थपोष्टमा ल्याइपुर्याउँदा निजको विपी ९०।६० रहेको स्वास्थ्य संस्थाकी एसविए अनमी रुपा वुढाले वताइन । साल अड्कीएकी आमा अर्धवेहोस अवस्थामा स्वास्थ्य संस्थामा पुर्याउदाँ पूर्वतयारी सहित वसेका स्वास्थ्यकर्मीलाई भने खोली सलाइन दिन समेत समस्या भएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
सूत्केरीको अवस्था हेरेर स्वास्थ्यकर्मीहरुले वडिगाड गाँउपालिका , स्वास्थ्य कार्यालय वागलुङ , जिल्ला प्रशासन कार्यालय र सामाजिक विकास मन्त्रालयमा खवर गरेका थिए । स्वास्थ्य चौकीमा ल्याव नभएकोले विरामीको हेमोग्लोविन लेवल हेर्न नपाएपनि निजको रक्तश्राव र पाठेघरमा अड्कीएको सालको टुक्राले थप समस्या ल्याउनसक्ने भएकोले निजलाइ तुरुन्त उद्धार गरिएको जलजला स्वास्थ्य चौकी प्रमुख शेर वहादुर वुढाले वताए ।
धेरै कम जन्म तौलका वच्चाहरु र आमाको रक्तश्रावको अवस्था हेरी सामाजिक विकाश मन्त्रालयमा सम्पर्क गर्दा १ घण्टा नवित्दै हेलि उद्धार हुनु सामाजिक विकास मन्त्रालयको स्रहानिक कार्य भएको वडिगाड गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालाकृष्ण सूवेदीले वताए । वडा नं. ४ का वडा अध्यक्ष प्रेम गलामिले तत्काल रु १०,००० र ग्रामिण स्वास्थ्य सूधार परियोजनाको तर्फवाट परियोजना अधिकृत जानकी पाठकले रु ५,००० सहयोग गरी निजलाइ पोखरा पठाइएको हो ।