११ नाल बन्दुकसहित बागलुङबाट ११ जना पक्राउ !

११ नाल बन्दुकसहित बागलुङबाट ११ जना पक्राउ !

Badigad Online
1 Min Read

छविलाल पाण्डे, बुर्तिबाङ : इलाका प्रहरी कार्यालय बुर्तिबाङले अर्का सफलता हात पारेको छ । प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको प्रहरीले मंगलबार राती बन्दुक सहित तमानखोला गाउँपालिकाबाट ११ जनालाई पक्राउ गरेको छ ।

घर तथा आसपासका क्षेत्रमा लुकाई राखेको ११ नाल बन्दुक सहित तमानखोला गाउँपालिका वडा नम्बर १ र २ बोङखानी क्षेत्रबाट उनीहरुलाई रातको समयमा पक्रउ गरेएको प्रहरी निरीक्षक भण्डारीले बताए । सामाजिक सञ्जाल फेसबुकमा एकजना बच्चाले बन्दुक

सहितको फोटो पोस्ट गरेसँगै अनुसन्धानमा उत्रिएको प्रहरी टोलीले ११ जनाबाट ११ नाल बन्दुक सहित उनिहरुलाई प्रकाउ गर्नै सफल भएको हो ।

बिना इजाजत राखिएका बन्दुक सहित उनीहरुलाई प्रकाउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङमा ल्याइएको र भोली बिहान बागलुङ सदरमुकाम पु¥याएर

पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरीने जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी राजेन्द्र प्रसाद रेग्मीले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित