जन्मदिनमा फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने विद्यालयलाई सहयोग !

जन्मदिनमा फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने विद्यालयलाई सहयोग !

Badigad Online
2 Min Read

सागर भण्डारी,गुल्मी । जन्मदिनको अवसर पारेर गुल्मीका एक व्यक्तिले फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ ।

रेसुङ्गा नगरपालिका वडा नं ८ छापटोला स्थायी घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएका हेक बहादुर छन्त्यालकी धर्मपत्नी ईन्दु छन्त्यालले आफ्नो ५१ औँ जन्मोत्सवको अवसरमा सहयोग गर्नुभएको हो ।

जिल्लामै एक मात्र फरक क्षमता भएका बहिरा र सुस्त मनिस्थिति भएका विद्यार्थीले अध्ययन गर्ने उपल्लो तम्घास माध्यमिक विद्यालयमा रहेको अक्षय कोषमा उहाँले नगद ५० हजार ५१ रुपैयाँ सहयोग गर्नुभएको हो । उक्त सहयोग रकम छन्त्यालका आफन्त भेष बहादुर पुनले विद्यालयकी प्रधानाध्यापक पिकीं भुषाललाई हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम ग्रहण गर्दै विद्यालयकी प्रधानाध्यापक भुषालले विद्यालयले निशुल्क रुपमा फरक क्षमता भएका विद्यार्थीलाई अध्यापन गराउँदै आएको स्मरण गर्दै आफ्नो मातृभुमीको माया सम्झेर शारिरिक रुपमा अशक्त विद्यार्थीको पठनपाठनमा सहज होस भन्ने हेतुले अक्षय कोषमा आर्थिक सहयोग गरेकोमा आभार व्यक्त गर्नुभएको थियो ।

त्यस्तै सोही अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक राममणी पन्थीले २०५९ सालबाट बहिरा तथा सुस्त श्रवण भएका विद्यार्थीहरुले अध्ययन गर्दै आएको बताउँदै २०६७ सालमा मात्रै विद्यालयमा अक्षय कोषको स्थापना गरि छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । त्यस्तै उहाँले विद्यालय वरीपरीकै प्रतिष्ठित व्यक्तिले समेत विद्यालयलाई त्यत्ति चासो नदिएको परिपेक्ष्यमा विदेशमा रहेर पनि विद्यालयको अक्षय कोषमा सहयोग गरेकोमा सहयोगीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण सुनारले जिल्लामै नमुना कार्य गरेको उपल्लो तम्घास माविलाई सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । साथै उहाँले अन्य विद्यालय भन्दा पनि यस विद्यालयले फरक खालको कार्य गरेको भन्दै यसले शारिरीक रुपमा अशक्त भएर पनि विद्यालयको पहुँचमा नपुगेका विद्यार्थीहरुको सपना साकार पारेको स्पष्ट पार्नुभयो ।

सोही अवसरमा छन्त्यालले रेसुङ्गा नगरपालिका वडा नं ८ निवासी शारिरिक रुपमा अशक्त कृष्ण वि.कलाई पनि नगद ५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । कार्यक्रममा नारायण सुनारको अध्यक्षता अक्षय कोषकी संस्थापक धनकला पुन र नातिनी सगींता पुनको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सह प्रधानाध्यपक बाबुलाल मरासिनीले गर्नुभएको थियो ।

उक्त विद्यालयमा अहिले ३२ जना फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्दै आएका छन् । भने निशुल्क छात्रावासको पनि व्यवस्था गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित