बागलुङ : शुक्रबार दिउसो ढोरपाटन नगरपालिका वडा नम्बर ४ मा सडक निर्माण गर्ने क्रममा ढुङ्गा पल्टिएर लाग्दा घाइते भएका सक बहादुर खत्रीको काठमाडौँमा मृत्यु भएको छ ।
ढोरपाटन–४ थार ओडार भन्ने स्थानमा सडक निर्माण गर्ने क्रममा पल्टिएको ढुङ्गाले तमानखोलामा माछा मार्न लागेका खत्रीलाई लाग्दा गम्भीर घाइते भएका थिए । घाइते खत्रीको हेलिकप्टर मार्फत काठमाडौ पु¥याइएको थियो । खत्रीलाई उपचारको लागि काठमाडौँमा लगिएको र सोही क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी उपरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।
उनलाई शुक्रबार दिउसो हेलिकप्टर मार्फत काठमाण्डौं स्थित टिचिङ अस्पताल पठाइएको थियो । खत्रीलाई सडक निर्माण गर्दा ढुङ्गा पल्टिर लाग्छ भनेको र अटिरी गरेर रुखमा चढ्दा माथिबाट एक्कासी ढुङ्गा खस्दा लागेर घाइते भएको प्रहरीले जनाएको छ ।
डोजर चालकलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिएको बताइएको छ । शवको पोष्टमार्टमा भएपछि थप प्रक्रिया अगाडी बढाइने प्रहरी निरीक्षक भण्डारीको भनाई छ । CP : बागलुङ पोस्ट