गुल्मीमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु !

गुल्मीमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु !

Badigad Online
1 Min Read

फाईल फोटो

सागर भण्डारी,गुल्मी । गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

जिल्लाको मदाने गा.पा.७ भनभने स्थित तिमुरखर्कबाट गिट्टी लोड गरी भनभने तर्फ आउँदै गरेको लु ३ त ६८९६ न.को ट्याक्टर शुक्रवार बेलुकी आफै अनियन्त्रीत भई पल्टिँदा स्थानीय नेत्र ब.घर्तिको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी केदार राज पन्तले जानकारी दिए । दुर्घटनामा परी सोही ठाउँका मनोज घर्ति पनि घाईते भएका छन् । उनको टाउकोको दाहिने भागमा चोट लागेको र अवस्था सामान्य रहेको उनले बताए ।

ट्रयाक्छर सडकबाट झण्डै १७ मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक भने सामान्य रहेको र सम्पर्कमा रहेको बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित