बडादशैं शुरु, आज घटस्थापना !

बडादशैं शुरु, आज घटस्थापना !

Badigad Online
1 Min Read

काठमाडौं : असत्यमाथि सत्यको र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकको रुपमा मनाइने नेपालीको महान पर्व दशैं आजदेखि शुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ ।

घटस्थापना गर्ने शुभसाइत बिहान ११ बजेर ४६ मा परेको छ । आजै काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा वैदिक विधिअनुसार जमरा राखी दुर्गा देवीको पूजा आराधना शुरु गरिन्छ ।

आजैदेखि दशैँ घरमा शक्तिकी देवी नवदुर्गाको पूजा आरम्भ हुन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । यस अवसरमा विगतमा शक्ति पिठहरूमा भक्तजनहरूको भीड लाग्ने गरेको भएपनि यो पटक भने सरकारले त्यसमा रोक लगाएको छ ।

उपत्यकाका नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठहरुमा नित्य पूजा मात्रै गर्ने व्यवस्था मिलाइएको छ ।

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस घर फर्कने गरेपनि यो वर्ष कोरोना संक्रमणको त्रासले अनावश्यक हिडडुल नगर्न सरकारले आग्रह गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित