गुल्मी । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, अर्घाखाँचीले गुल्मी जिल्लाको सबै भन्दा ठूलो लिफ्टिङ्ग खानेपानी रेसुङ्गा खानेपानी आयोजनाको सम्झौता तथा विस्तृतीकरण कार्यक्रम एक समारोहको बीच सम्पन्न गरेको छ ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका क्षेत्र भरिको वर्षौदेखिको खानेपानी समस्याको समधान गर्न यो कोशे ढुङ्गा साबित हुने कार्यक्रमका प्रमुख अतिथि तथा रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले बताउनु भयो ।
मझेङ्ग खोला देखि रेसुङ्गाको शिर शिद्धबाबासम्म पानी लिफ्टिङ्ग गरी नगरपालिका भित्रका अन्य स्थानमा प्रयाप्त पानी पुर्याउने यस आयोजनाको लक्ष्य रहेको छ ।
१३९६ मिटर हेडमा ५ स्टेज पम्पिङ्गमा पानी लिफ्टिङ्ग गर्ने यस योजना रु २५ करोड १२ लाख ७१ हजार ५ सय सात रुपैया पैसा ०६ मा २ वर्ष भित्र सम्पन्न गर्न श्री कन्काई जयमाता जे.भि कोटेश्वरसँग सम्झौता भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सिडिई। रामप्रसाद घिमिरेले बताउनुभयो ।
उक्त योजनाको कुल रकमको ९०५ रकम नेपाल सरकारले र बाँकी १०५ रेसुङ्गा मझेङ्ग खोला भाडगाँउ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले व्यहोर्ने छ ।
आयोजना डिजाईन वर्ष ९सन २०३६० मा यस नगरक्षेत्रमा कूल ३१ लाख ६३ हजार लिटर प्रतिदिन पानीको मागहुने र यस मध्ये प्रतिदिन १९ लाख ५६ हजार लिटर पानी मझेङ्गखोलाबाट लिफ्ट गरी ३०।२ लिटर प्रति सेकेण्डका दरले दैनिक १८ घण्टामात्र पम्प संचालन गरी पानी पूर्ती गरिने र बाँकी १२ लाख ७ हजार लिटर विद्यमान आयोजनाहरुको श्रोतबाट पूर्ती गरिने जानकारी आयोजना कार्यालयका ईन्जिनियर बिजय खरेलले बताउनु भयो ।
साथै आयोजनाको मूख्य संरचनाहरुमा मूख्य पाईपलाईन, सेडमेन्टेसन ट्यांकी, स्लो स्याण्ड फिल्टर, ११ वटा नयाँ ट्यांकी, थोक वितरण प्रणाली, उपभोक्ता समिति भवन लगायतका संरचनाहरु समेत निर्माणको जानकारी गराउनु भएको थियो ।
सम्झौता तथा विस्तृतीकरण कार्यक्रममा उपस्थित निर्माण व्यवासयीका प्रतिनिधी गौतम प्रसाद भुसालले यस आयोजनाको निर्माण अबधि २१ महिनाको रहेता तोकिएको समय भन्दा अगाडि सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै पार्टी वक्ताहरुले विकास निर्माणमा राजनितिक हस्तक्षेप नहुने र राजनितिक दलहरुले सहयोग र सहजीकरण गर्ने आश्वस्वन ने।क।पा। सचिव र ने.काका जिल्ला सभापतिले समेत प्रतिवद्धता जनाउनु भएको थियो ।
कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष थम्मनबहादुर खत्रीको अध्यक्षता, नगरप्रमुख डिल्लीराज भुसालको प्रमुख आतिथ्यता, विशिष्ट अतिथिको रुपमा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतराज शर्मा, पार्टी प्रतिनिधीहरु ने।क।पा।का जिल्ला सचिव बिरबहादुर कार्की, नेपाली काँग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, पत्रकार महासंघ गुल्मीका सभापति नवराज भुसाल लगायत रहेको कार्यक्रम उपभोक्ता समितिका कोषाध्यक्ष सञ्जिवनी अर्यालको संचालनमा सम्पन्न भएको कार्यालयका प्रशासन प्रमुख कृष्ण वर्माले बताउनु भयो ।