सागर भण्डारी,गुल्मी । नेपाली काँग्रेस गुल्मी-काठमाडौं सम्पर्क समितिले बाढी पहिरो पीडितलाई सहयोग गरेको छ । जिल्लाको इस्मा गाउँपालिका-१ हस्तीचौरका बाढी पहिरो पीडितलाई सम्पर्क समितिमार्फत गठित विपद् व्यवस्थापन समितिले सहयोग गरेको हो ।
समितिले पहिरोका कारण प्रभावित बनेका १ सय ६ घरपरिवारलाई राहत सामग्री सहयोग गरेको समितिका अध्यक्ष योगराज कडेंलले जानकारी दिनुभयो । पीडितहरुलाई समितिले यस पहिले पनि राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको थियो । दोस्रो पटकको राहत सामाग्रीमा प्रति परिवार १/१ बोरा चामल, १/१ पोका तेल, सोयावडी १/१ पोका, नुन १/१ पोकालगायतका थुप्रै खाद्य सामाग्री इस्मा गाउँपालिका-१ का वडाध्यक्ष चुराबहादुर खत्रीमार्फत प्रभावित क्षेत्रमा पुर्याइएको छ ।
साथै विपत व्यवस्थापन समितिले कोरोनाका कारण ज्यान गुमाएकाका परिवारलाई नगद १० हजार प्रदान गरेको छ । कोरोना सक्रंमणका कारण ज्यान गुमाएका गुल्मीको पुर्कोटका बोम बहादुर कुँवर र धुर्कोटका मधु नेपालीको परिवारलाई नगद १०/१० हजार रुपैयाँ प्रदान गरिएको बताईएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिले अनुरोध गरेपछि गुल्मी स्थायी घर भई काठमाडौं बस्दै आएका कांग्रेस शुभेच्छुकहरुको संगठन नेपाली कांग्रेस गुल्मी-काठमाडौ सम्पर्क समिति सहयोग सहित प्रभावित क्षेत्रमा पुगेको समितिका सभापति कडेंलले जानकारी दिनुभयो ।
हस्तिचौरमा मानविय क्षति हुने गरी गएको पहिरोका कारण १८ महिने बालक र ९ वर्षीय बालिकाले ज्यान गुमाउनु परेको थियो ।
पहिरो गएको स्थानको भौगर्भिक अध्ययन गरी विस्थापित सम्पूणर् घरपरिवारलाई छिट्टै स्थायी बसोवास हुने गरी स्थापित गर्न सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला कार्य समिति गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले सरकारसगं आग्रह गर्नुभएको छ । साथै उहाँले काँग्रेस दुः खी गरिबको लागि अधिकार खोज्न निरन्तर प्रयत्न गरिरहेको भन्दै रेडक्रसले दिएको त्रिपाल समेत आफु निकट कार्यकर्तालाई बाँडिएको भन्दै आपत्ति जनाउनुभयो ।
कार्यक्रमका विशेष अतिथि एवम् नेपाली काँग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले खिलध्वज पन्थीले अहिलेको सरकारले विपतमा परेकाहरुको पुनःस्थापनाका लागि केही गर्न नसकेको भन्दै पीडितको सहारा बन्न थोह्रै भएपनि नेपाली काँग्रेसले राहत वितरण गरेको बताउनुभयो । साथै उहाँले स्थानीय तहले वितरण गरेको राहतमा समेत विभेद गरिएको भन्दै वास्तविक पिडितले राहत पाउन नसकेको धारणा व्यक्त गर्नुभयो । पन्थीले अहिलेको कम्युनिस्टको सरकारबाट विकास र समृद्धि सम्भव नभएको भन्दै उहाँले सरकार भ्रष्ट्रचारमा लिप्त भएको आरोप लगाउनुभयो ।
असार १८ गते परेको अविरल वर्षाका कारणबाट इस्मा गाउँपालिका-१ को तोरीखर्क, मल्दी, जुकेपानीलगायतका विभिन्न स्थानमा व्यापक धनजनको क्षति भएको थियो । बाढी पहिरोमा परेर दर्जनौं घरहरु विस्थापित भएका छन् । १ सय ३९ घर अत्यन्तै जोखिममा छन् ।
राहत सामग्री सहयोग कार्यक्रममा पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी,महासमिति सदस्य शालिकराम पन्थी, नेपाली काँग्रेस केन्द्रीय अनुसन्धान विभाग सदस्य छन्द पहराई, काँग्रेसका नेता रविराज ज्ञवाली, विपत व्यवस्थापन समितिका सयोंजक योगराज कडेंल, नेपाली काँग्रेस जिल्ला सदस्य चन्द्र बहादुर महत, आमन्त्रित सदस्य धर्म पाण्डेय, तरुण दलका क्षेत्रीय सभापति झविन्द्र अर्याल,गुल्मी काठमाण्डौ सम्पर्क समितिका कृष्ण खरेल, नेपाली काँग्रेस ईस्मा रजस्थल सभापति विष्णु घिमिरे, उपमहासचिव मिनराज पन्थी, नेपाल विद्यार्थी सघं जिल्ला सदस्य सन्तोष पाण्डेय, नेपाल स्वास्थ्यकमीृ सघंका केन्द्रीय उपमहासचिव मिनराज पन्थी, नेपाली काँग्रेसका नेता रवि ज्ञवाली,कृष्ण प्रसाद खरेल लगायतको उपस्थिति थियो ।
नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्पर्क समिति सभापति ज्ञान बहादुर कार्कीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन नविन विश्वकर्माले गर्नुभएको थियो ।