गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने , तीन गम्भीर सहित पाँच जना घाइते भएका छन ।
मजुवाबाट हटिया जादै गरेको लु १ च ७४११ नम्बरको जिप गुल्मी दरवार गाउँपालिका दुईमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परि गुल्मी दरवार गाउँपालिका वडा नम्बर २ का वर्ष २४ का सवारी चालक मेघ बहादुर गाहाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन ।
घाइते मध्ये तीन जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गुल्मी दरवार गाउँपालिका दुइका धन बहादुर गाहा, वर्ष ३० का प्रेम पल्ली , वर्ष ३५ का श्री रासकोटीको अबस्था गम्भीर रहेको छ भने वर्ष १६ का अनिस पाल्पाली र वर्ष २३ का भिम गाहाको अवस्था मध्यम रहेको गुल्मी प्रहरीले जनाएको छ । बिहिवार राती करिब ११ः३० तिर अनियन्त्रित भई जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Badigad Online