गुल्मीः गुल्मीको मुसिकोट नगरपालिका-८ अर्छुङ बस्ने ४५ वर्षीय राम बहादुर नेपाली र २४ वर्षीय कृष्ण नेपालीलाई गोरु काटेको अभियोगमा बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका ७ तिम्लीचौरस्थित जंगलमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बामीटक्सरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Badigad Online