हङकङको रेस्टुरेन्टमा मृत्यु हुने सात नेपालीको सनाखत, थप चारजनाको मृत्यु !

हङकङको रेस्टुरेन्टमा मृत्यु हुने सात नेपालीको सनाखत, थप चारजनाको मृत्यु !

Badigad Online
1 Min Read

हङकङमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ। मृत्यु हुने सबै नेपाली हुन्।

मृतकमध्ये ७ जनाको सनाखत भएको छ। आगलागीमा मृत्यु हुनेमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ रहेको सहारा हङकङले जानकारी दिएको छ।

यसैगरी ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि मृत्यु भएको छ। ४ जनाको सनाखत हुन सकेको छैन। अझै ७ जनाको उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ। जिरे खुर्सानी नामक सो रेस्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो।

तिहारको दिपावलीका साथै जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगलागी भएको बताइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित