वामी मैदानको खड्क निशानदेवी कोटको ऐतिहासिक विवरण सकंलन गरिने !

वामी मैदानको खड्क निशानदेवी कोटको ऐतिहासिक विवरण सकंलन गरिने !

Badigad Online
1 Min Read

सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिका वडा नं ८ मा रहेको खड्क निशानदेवी कोटको ऐतिहासिक विवरण सकंलन गरिने भएको छ ।

प्राचिन संस्कृति र धार्मिक महत्व बोकेको मन्दिरको ईतिहास लेख्नका लागि किम्वदन्तीमा भएका विवरण सगैं अन्य विवरणहरु सकंलन गर्न लागिएको वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटाले जानकारी दिनुभयो । जसका लागि महेश जिसीको सयोंजकत्वमा ईतिहास सकंलन तथा लेखन समिति गठन गरिएको छ ।

कोटको संरक्षण र संवद्र्धनमा ध्यान दिँदै यसको पुन निर्माणको समेत तैयारी थालिएको यहाँले बताउनुभयो । प्राचिन सभ्यता र संस्कृति जोडिएका सम्पदाहरुको संरक्षण गर्न कोटको पुन निर्माण थालिएको छ । जसका लागि भुवन केसीको सयोंजकत्वमा कोट पुन ः निर्माण समिति समेत गठन गरिएको छ । कोटको पुन ः निर्माणको क्रममा आवश्यक छलफलका लागि सल्लाहकार समिति समेत गठन गरिएको बताईएको छ ।

खड्कदेवी कोट मन्दिरको पुर्न ः निर्माणका लागि विभिन्न ठाउँबाट सहयोग गने सहयोगीहरुको नाम, तस्बिर र पोष्टरहरु विभिन्न मिडिया तथा सामाजिक सञ्जाल र कोट परिसरमा टाँसिने पुजा सञ्चालन समितिका सहसचिव उज्जवल खत्रीले जानकारी दिनुभयो ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित