सागर भण्डारी,गुल्मी । मुसिकोटका एक किशोर एक हत्पादेखि वेपत्ता बनेका छन् । मुसिकोट नगरपालिका वडा नं ३ सानपिप्ले निवासी प्रेम विश्वकर्मा एक हप्तादेखि हराएको परिवारले जानकारी दिएका छन् ।
तिहारको दिन बहिनीको हातबाट टिका लगाएर निस्किएका उनी अहिलेसम्म घर फर्किएर नआएकौ उनका बुबा हरि विश्वकर्मालै जानकारी दिनुभयो । छरछिमेकी आफन्त र चिनेजानेको सबै तिर खोजियो कतै पनि गएका जानकारी पाउन सकिएन् बुबा हरिले भन्नुभयो ः बिहानै हिँडेको कता गए होला ?
सुस्त मनस्थितिका उनी हराएपछि परिवारमा चिन्ता थपिएको उहाँले बताउनुभयो । कही कतै कसैले फोटोमा देखिएको व्यक्ति देखेमा तुरुन्त सम्पर्क गर्न प्रैमकी आमा विष्णु विश्वकर्मालै बताउनुभयौ ।
Badigad Online