गुल्मीबाट देशैभर एक पालिका एक अस्पताल शुभारम्भ !

गुल्मीबाट देशैभर एक पालिका एक अस्पताल शुभारम्भ !

Badigad Online
2 Min Read

गुल्मी । गुल्मीको मदाने गाउँपालिकाबाट वर्तमान सरकारले सुरु गरेको एक स्थानीय तह एक अस्पताल निर्माणको अभियान आज शुभारम्भ भएको छ ।

गुल्मी जिल्लाको हकमा मदाने गाउँपालिकाको केन्द्र रहेको पुर्कोटदहबाट एक स्थानीय तह एक अस्पताल निर्माणको अभियान क्षेत्र नम्बर १ का सासद तथा पुर्व मन्त्री गोकणर् बिष्टले शुभारम्भ गर्नुभएको हो । उहाँले मदाने गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलन्यास गर्नुभएको छ ।

बहुबर्षिय योजना अन्तर्गत १८ करोड लागतमा २ बर्षमा मदाने गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण सम्पन्न हुने भएको छ । मदाने गाउँपालिका प्रमुख दानबहादुर केसिले यस आर्थिक बर्षमा एक करोड ४४ लाख सघिय सरकारबाट बिनियोजन भएको तर टेन्डर आव्हान १८ करोड कै गरिने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष सरिता खड्काले १९ जनाले अस्पताल निर्माणका लागि निशुल्क जग्गा उपलव्ध गराएको बताउनुभयो । जग्गादातालाइ प्रमुख अतिथी र विशेष अतिथि प्रदेश सासंद तथा नेकपाका केन्द्रीय सदस्यले दोसल्ला ओढाएर सम्मान गरेका थिए । प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर पछाइले अब छिट्टै टेन्डर आव्हान गरिने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका वडा नम्बर ७ भनेभनेका वडाध्य्क्ष काशी बहादुर बोहराले पछिल्लो तीन बर्षमा नसोचेकै बिकाश भएको बताउनुभयो । हुन त म सत्तारुढ दलको मान्छे होइन नेपाली काग्रेसको जिल्ला सदस्य हु तर राम्रो कामलाई राम्रै भन्नू पर्छ स्थानीय तहको निर्बाचन पछि नसोचेकै बिकास भएको छ उहाँले भन्नुभयो ।

उहाँले पहिले हिडेर कहाँ सम्म पुग्नु पर्ने भएपनि अहिले हरेक टोल टोलमा मोटर बटो पुगेको बताउनुभयो । अस्पतालको मुख देख्न तम्घास धाउनु पर्ने अवस्था थियो अब गाउँ मै अस्पताल बन्ने भयो । घन्टौ हिडेर पानी लिन जानू पर्दथ्यो अहिले घर घर्स्मा धारा आयो , यस्ता थुप्रै बिकास भएका छ्न तर पनि जनताले बुझ्न सकेका छैनन् । उहाँले भन्नुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सासद दिनेश पन्थी , नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसि , जिल्ला कमिटी सचीव वीर बहादुर कार्की लगायतले मन्तब्य राख्नुभएको थियो । गाउँपालिका अध्यक्ष दान बहादुर केसिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सरिता खडकाको स्वागत मन्तब्य र प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर पछाइको सन्चालन रहेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित