गुल्मी । गुल्मीको सत्यवती गाउपालिकाका पहिरो प्रभावितहरुका लागि बनाईएको नमुना बस्ती हस्तान्तरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ लिम्घाका पहिरो प्रभावितहरुको लागि बनाइएका नमुना वस्ती एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।
नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले पिडितहरुलाई बस्ती हस्तान्तरण गर्नुभएको हो । पहिरोका कारण घरबास गुमाएकाहरुको पुर्नबासको लागि २ कोठे भुकम्प प्रतिरोधी १५ वटा घर निर्माण गरिएको थियो । जसमध्ये गाउपालीकाले ३ वटा र १२ वटा लुम्बीनी प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको हो ।
वडा नम्बर ४ का वडाध्यक्ष दान बहादुर रानाको अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीको प्रमुख आथित्यता, गाउपालीका अध्यक्ष पारिश्वर ढकालको बिशिष्ट आथित्यता, उपाध्यक्ष शुवणर् साहि सेर्चन, प्रमुख प्रशासकिय अधिकृत झबिश्वर रेग्मी , प्रत्येक वडाका वडाअध्यक्षहरु लगायतको आथित्यता रहेको थियो । कार्यक्रमको सन्चालन ठगप्रसाद ज्ञवालीले गर्नुभएको थियो ।
२०७६ साल साउन ७ गते अबिरल वर्षाको कारण गएको पहिरोमा परेर लिम्घा र ठुलोलुम्पेकमा १३ जनाको ज्यान गएको थियो । २ सय भन्दा बढि घररिवार बिस्थापित भएका थिए ।