पुख्यौली पेशा लोप हुन थालेपछि संरक्षणमा जुटे पदम मुखिया !

पुख्यौली पेशा लोप हुन थालेपछि संरक्षणमा जुटे पदम मुखिया !

Badigad Online
2 Min Read

मनोज कार्की गुल्मी । पछिल्लो समय कुमाल समुदायको माटाका भाडा बनाउने पेशा संकट पर्दै गएको छ ।

बजारमा भित्रिएका पलाष्टिकका सामाग्री र कुमाल समुदाय आफै भाँडा बनाउन छाडेपछि विस्तारै माटाका भाडाको उत्पादन र प्रयोग गर्ने चलन हराउँदै जान थालेको छ । तर गुल्मी इस्मा गा.पा.६ अंमरपुरका एक युवाले भने आफ्ना बाबुबाजेले गर्दै आएको माटाका भाँडा बनाउने पेशालाई निरन्तरता दिँदै राम्रो आम्दानी गरिरहेका छन् ।

ईस्माका पदम मुखिया अहिले माटोबाट विभिन्न आकृतिका भाँडाकुँडा र मुर्ति बनाउन व्यस्त छन् । कुमाल समुदायको पुख्यौली पेशा माटाका भाडा बनाउने रहेपनि पछिल्लो समय बैदेशिक रोजगारी र अन्य रोजगारी तर्फ कुमाल समुदायका मानिस लागेका छन् । मुखियाल भने बुल्म प्रगतिशिल सेरामिक्स उद्योग समुहबाट सेरामिक्स लिजमा लिई पुख्यौली पेशालाई निरन्तारता दिदैँ आएका छन् ।

२०७१ सालदेखि सेरामिक्स उद्योग संचालनमा आएको छ । गत बर्षसम्म यसको संरक्षण र आबश्यक तालिम तथा औजारको ब्याबस्था घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले गर्दै आएको थियो ।  पदमले माटाबाट तैयार गरेका विभिन्न भाडाँहरु गुल्मीको तम्घास, वामीटक्सार बजार , बाग्लुङ्ग,प्युठान, अर्घाखाचीँ,पाल्पा स्याङ्गजा,बुटवल लगाएतका बजारमा निर्यात हुने गर्दछ ।

गत बर्षका चाडपर्वका मुखमा मुखियालाई भाडाँ बेच्न भ्याई नभ्याई हुन्थ्यो तर यस बर्ष कारोनाका कारण त्यस्तो भने छैन् । मुखियाले सेरामिक्समा त्यहाँका स्थानियलाई रोजगारी समेत दिएका छन् । जिल्ला र जिल्ला भन्दा बाहिर हुने मेला महोत्सवमा स्टल राखी माटाका भाडाँहरु पैर्दशनी गथर्े । यहि पेसाबाट बार्षिक ५ लाख आम्दानी गर्दै आएका छन् ।

बिदेशमा मेहेनत र परिश्रम गरे देशमै केहि गर्न सकिन्छ । त्यसैले गाउँका युवाहरुलाई स्वदेशमा नै निर्भर बन्न उनी आग्रह गर्दछन् । सेरामिक्स उद्योगको भौतिक संरचनाको लागि गाउँपालिकाले १५ लाख बजेट बिनियोजन गरेको थियो । गाउँपालिकाले सेरामिक्सलाई अगाडि बढाई आन्तरिक रोजगारी र पहिचान कायम गर्ने तैयारीमा रहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित