सन्तोष महतरा,गुल्मी । स्थानीय, प्रदेश र केन्द्र तहका तिनै सरकार मिली स्वास्थ्यचौकी बनाउने आश्वासनमा सर्वसाधरणको जग्गा अस्पतालको नाममा लिएर गुल्मीको मालिका गाउँपलिकामा स्थानीय जग्गाधनीलाई अलपत्र पारिएको छ ।
विभिन्न आशामा १२ रोपनी जग्गा निशुल्क दिएका सर्वसाधरण जग्गाधनीमाथि सरकारले अन्याय गरेको छ । स्वास्थ्यचौकी बनाएर विभिन्न प्रकारका सेवासुविधा दिने आशा दिएर गुल्मीको मालिका गाउँपालिकाका सर्वसाधारणबाट निशुल्क रुपमा १२ रोपनी जग्गा लिएपछि सरकारले स्थानीय जग्गाधनीलाई यता न उता बनाएको छ ।
मालिका गाउँपालिका ५ छापहिलेका धनु गिर, ईश्वर गिरी र देविराम अर्यालले १२ रोपनी जग्गा उपलब्ध गराएका थिए । नेपाल सरकारको एक स्थानीय तह एक अस्पताल कार्यक्रम अनुसार त्यस स्थानमा अस्पताल बनाउन उपयुक्त ठाउँ भन्दै २०७६ मंसिर २२ गते मालपोत कार्यालय तम्घासबाट जग्गा पास गरिएको थियो ।
विभिन्न आशा र भरोसामा परी १२ रोपनी जग्गा अस्पतालको नाममा पास गरिदिएका जग्गाधनी अहिले अलपत्र नै बनेका छन् । जग्गा दान गर्दा धर्म हुने र पाप गरेको भएपनि सबै मेटिने आशासहित आफ्नो घरमात्रै राखेर सम्पत्ती सबै अस्पतालको नाममा पास गरिदिएका जग्गाधनी त्यठाउँमा अस्पताल नबन्ने भएपछि निराश मात्रै बनेका छैनन् बिचल्लीमा परेको जग्गाधनी मुमा गिरीले बताइन् ।
विभिन्न आशामा सरकारले सर्वसाधरको जग्गा लिएर अस्पतालको नाममा बनाइसकेपछि त्यहाँ बनाउने भनिएको अस्पताल अनेत्र शिलान्यास गरिएको छ । लालपूर्जा भएको जग्गा चाहिन्छ भन्दै स्थानीय सरकारको नेतृत्वमा उक्त जग्गा अस्पतालको नाममा बनाइएइको थियो । एकाएक अस्पताल अर्को ठाउँमा शिलान्यास भएपछि जग्गाधनी आश्र्यचकीत बने । बनाउने भनिएको अस्पताल नबनेपछि आफ्नो जग्गा फिर्ता चाहिने जग्गाधनी जग्गाधनी ममादेवी गिरीको प्रतिक्रिया छ ।
अस्पतालको बनाउनको लागि मालिका गाउँकार्यपालिकाले निणर्य गरेपछि छापहिले स्वास्थ्यचौकीका प्रमुख देब बहादुरको प्रतिनिधित्वमा मालपोत कार्यालय तम्घास पुगेर पास गरिएको थियो । ४/५ दिन सम्म सदरमुकाम तम्घास बसेर स्थानीय ब्याक्तिको नामको जग्गा अस्पतालको नाममा बनाइएको थियो ।
एकाएक अस्पताल अर्को ठाउँमा बनाउने निणर्यले स्थानीयको जग्गा अस्पतालको नाममा बनाउन मालपोत गएका प्रतिनिधि , छापहिले स्वास्थ्यचौकीमा प्रमुख देब बहादुर महतारा, समेत दङ्ग परे । मालिका अस्पताल बनाउन २०७६ साल साउन ३१ गते निणर्य भएको थियो । जग्गा पास गर्न सदरमुकाम तम्घास पुग्न सम्म यस जग्गालाई एकदमै उपर्युक्त हुन्छ भन्दै अस्पताल बनाउनको लागि सोही जग्गा सिफारिस भएको थियो ।
पहिलाको निणर्य तोडमोड गरेर अनेत्र अस्पताल बनाउने निणर्य भएपछि वडाध्यक्ष समेत छक्क परेका छन् । वडाध्यक्षको पहुँचले पनि अस्पताललाई त्यही ठाउँमा बनाउन भने, पहल गर्न सकेन । सर्वसाधरणमाथि अन्याय भएको मालिका गाउँपालिका ५ छापहिले गुल्मीका वडाध्यक्ष श्यामलाल गिरी बताए ।
तर, संघीय सरकारले अनेत्र तोकेको कारण अस्पताल त्यस ठाउँमा बनाउन नसकेको गाउँपालिकाको प्रतिक्रिया छ । त्यस ठाउँमा जग्गाधनीले चाहेमा कुनै न कुनै उद्योग बनाएर प्रयोगमा ल्याउने वा जग्गाधनीले आफ्नै नाममा चाहेपनी त्यो जग्गा फिर्ता गर्न प्रक्रिया अगाडी बढाउने मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारी बताए ।
तर, विभिन्न आशामा जग्गा दिएका जग्गाधनीलाई बीचमा ल्याएर अलपत्र पार्नुले सर्वसाधरण माथि सिधै अन्याय भएको छ । अस्पताल बन्ने आशले जग्गा दिएका जग्गाधनीलाई अब उनीहरुको मागअनुसार जग्गा फिर्ता गर्न पर्ने त्यहाँका स्थानीयको माग छ ।