बडिगाडमा एक घरमा आगलागी !

बडिगाडमा एक घरमा आगलागी !

Badigad Online
1 Min Read

बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिकामा एक घरमा आगलागी हुँदा घर पूणर् रुपमा जलेर नष्ट भएको छ ।

सोमबार राति करिव १२ः०० बजेको समयमा बडिगाड गाउँपालिका वडा.न. ७ जैवानेमा भएको आगलागीबाट सहविर घर्तिको घर जलेर नष्ट भएको हो ।

आगलागीबाट ढुङ्गाले छाएको तीन तले घर पूणर्रूपमा नष्ट भएको छ । आगलागी भएको थाहा पाएलगत्तै घरका मानिस भाग्न सफल भएकाले कुनै मानविय क्षति भने नभएको वडिगाड गाउँपालिका वडा नं ७ को वडा कार्यालयले जानकारी दिएको छ ।

आगलागीबाट घर भित्र रहेका लत्ता कपडा, भाँडाकुँडा, खाधान्न तथा अन्य महत्त्वपूणर् कागजात समेत पूणर्रूपमा नष्ट भएको छ । आगालागी के कति कारणले लागेको हो भन्नेबारे खुल्न सकेको छैन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित