तमानखोला गाउँपालिकामा ५ शैयाको गाउँपालिका स्तरीय आधारभुत अस्पतालको सोमबार शिलन्यास गरिएको छ ।
नेपाल सरकाद्धारा सबै स्थानीय पालिकामा एक पालिका एक अस्पत्ताल बनाउने अवधारणा अगाडी बढेसँगै पहिले अस्पत्ताल नभएका गाउँपालिकामा पाँच, दश र १५ शैया क्षमताका अस्पत्तालको सिलान्यास गरीएको छ ।
गाउँपालिकामा ५ शैयाको अस्पताल बन्ने भएसँगै हाल बोङगादोभान स्वास्थ्य चौकी भवन नजिकैको खाली जग्गामा भवन बनाउने गरी आज गाउँपालिका अध्यक्ष जोकलाल बुढाले शिलान्यास गरेका हुन् ।
त्यसैगरी कोभिड १९ अस्थाई अस्पतालको समेत आजै उद्धघाटन गरिएको हाल बोङगोदाभन स्वास्थ्य चौकीमा रहने गरी कोभिड १९ अस्थाई अस्पतालको उद्धघाटन गरीएको छ । आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष जोकलाल बुढाले तमानखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मार्दे गएको बताए ।
कोभिड-१९ रोकथाममा सुरुवाती चरणदेखिनै सर्तकता अपनाएका कारण कोभिड नियन्त्रणमा केहि हदसम्म सहज भएको बताउँदै हाल सिलान्यास गरीएको अस्पत्ताल निर्माण सम्पन्न भएसँगै तमानखोला गाउँपालिकाले सहज स्वास्थ्य सुविद्या प्राप्त गर्ने बताए ।
त्यसैगरी कोभिड १९ अस्थाई अस्पत्तालको उद्धघाटन गर्दे हाललाई मेडिकल अफिसर र स्वास्थय कर्मी समेत व्यवस्था गरीएको हुँदा स्वास्थ्य सेवा प्रवाहमा थप व्यवस्थापन हुने बताए ।
कार्यक्रम तमानखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष थमबहादुर रोकाको अध्यक्षता, गाउँपालिका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यता, गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रभात लामिछाने, वडा नं.३ का अध्यक्ष हिराबहादुर सिर्पाली, ६ का अध्यक्ष कुलबहादुर छन्त्याल, नेपाली काँग्रेस तमानखोला गाउँपालिका सभापती खगेन्द्रमान पुन, नवआगन्तुक एमविविएस डाक्टर दिलिप जोसी लगाएतको आतिथ्यता एवम शुभकामना मन्तव्य रहेको थियो कार्यक्रम तमानखोला स्वास्थ्य सम्योजक चित्र छन्त्यालले सञ्चालन गरेका हुन् ।