गुल्मीमा सामुहिक बलात्कार आरोपमा तीन जना पक्राउ !

गुल्मीमा सामुहिक बलात्कार आरोपमा तीन जना पक्राउ !

Badigad Online
1 Min Read

गुल्मी । गुल्मीमा एक विपन्न तथा असहाय युवतीमाथि सामुहिक बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् ।

जिल्लाको मालिका गाउँपालिका -२ की अन्दाजी २० वर्षीया युवतीमाथि जबर्जस्तीकरणी आरोपमा सोहि गाउँपालिका वडा नम्बर पाँचका तीन जना पुरुष पक्राउ परेका हुन्

पक्राउ पर्नेमा २६ वर्षीय मोहन कार्की, ४५ वर्षीय जिवा गिरि र १८ वर्षीय एक जना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मंगलबार साँझ तिनै जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा राखिएको र थप अनुसन्धान चलिरहेको गुल्मी प्रहरीले जनाएको छ ।

सोमबार साँझ छिमेकी स्थानीय तह इस्मा गाउँपालिकाबाट आफ्नो घर मालिका गाउँपालिका -२ दर्लिङ जादै गर्दा मालिका गाउँपालिका -४ अर्खबाङको सैरेपोखरामा युवतीमाथि बलात्कारको प्रयास भएको बुझिएको छ ।

पारिवारिक रुपमा विपन्न तथा असहाय महिलालाई राती करिब आठ बजेको समयमा एक्लै हिडेको मौका छोपी छापहिलेका स्थानीय युवाले बलात्कारको प्रयास गरेका हुन् । सोमबार साँझ घटना घटे पनि मंगलबार साँझ मात्रै प्रहरीले उनिहरुलाई पक्राउ गरि सदरमुकाम पठाएको हो ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित