मुसिकोटमा उत्कृष्ट २० उद्यमी छनौट !

मुसिकोटमा उत्कृष्ट २० उद्यमी छनौट !

Badigad Online
2 Min Read

महेन्द्र घिमिरे,गुल्मी । मुसिकोट नगरपालिकामा नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतिकरण परियोजना अन्तर्गत उत्कृष्ट २० जना उद्यमीको छनौट गरिएको छ ।

गत आर्थिक वर्षमा सुरु भएको परियोजनाको बुधवार औपचारिक रुपमा २० उद्यमीको घोषणा सगैं ३ दिने व्यवसाय प्राविधिक प्रशिक्षण तालिमको समेत उद्घाटन गरिएको छ । मुसिकोट नगरपालिका अन्तर्गत कृषि पशुपालन र पर्यटनको क्षेत्रका उद्यम गरिरहेकाका कुल १ सय २५ उद्यमीबाट विभिन्न चरणहरु पार गरि उत्कृष्ट २० उद्यमी छनौट गरिएको हो ।

साथै छनौट भएका उद्यमीहरुका लागि लक्षित गरि तालिम समेत सञ्चालन गरिएको हो । व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने कुरा, समस्या र त्यसको निराकरणमा तालिमले महत्वपूणर् सहयोग गर्ने बताईएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख सोमनाथ सापकोटाले उत्कृष्ट उद्यमीलाई बधाई ज्ञापन गर्दै मुसिकोट नगरपालिकामा रहेका उद्यमी व्यवसायीहरुलाई नगरपालिकाले पुणर् सहयोग गरिरहेको र आगामी दिनमा अझ यस कार्यलाइ बढाउदै लैजाने बताउनुभएको थियो ।

कार्यक्रममा तालिम संयोजक अनिल बाबू पोखरेल नगर प्रमुख सोमनाथ सापकोटा उपप्रमुख कमला शर्मा,प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल,आर्थिक विकास समिति संयोजक प्रकाश काफ्ले,प्रशासन शाखा प्रमुख प्रकाश घिमिर,े वास सम्योजक सीता भुसाल,कृषि अधिकृत जनक पौडेल, पशुसेवा प्रमुख महेन्द्र पन्थी, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नबराज भुसाल, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत तथा तालिमको उदेश्यबारे दायित्वका सुर्य रिजालले प्रकास पार्नुभएको थियो । कार्यक्रमको संचालन महेन्द्र घिमिरेले गर्नुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित