नेपालकै प्रतिनिधित्व गर्दै पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिँदै बडिगाड डोजोका खेलाडी

नेपालकै प्रतिनिधित्व गर्दै पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिँदै बडिगाड डोजोका खेलाडी

Badigad Online
1 Min Read

सागर भण्डारी, बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिकामा रहेको बडिगाड डोजोका खेलाडीहरुले नेपालकै प्रतिनिधित्व गर्दै पहिलो पटक अन्तरराष्ट्रिय प्रतियोगीतामा सहभागी हुने भएका छन् ।

भारतमा यही डिसेम्बर २० तारिख भारतमा हुँदै गरेको अन्तरराष्ट्रिय स्तरको तेह्रौँ कराँते च्याम्पियनसिपमा बडिगाड डोजोका खेलाडीहरु सहभागी हुन लागेको डोजोका अध्यक्ष राजन पाईजाले जानकारी दिनुभयो । यस अगाडी हाम्रा खेलाडीहरुले राष्ट्रिय स्तरका खेलहरुमा सहभागी भएर थुप्रै उपाधीहरु जितेका छन् ।

यसपटक भारतमा हुन गईरहेको खेलमा सहभागी हुन पाउँदा खेलाडी सगैं हाम्रो सम्पूणर् संस्थानै उत्साहित भएका छौँ पाईजाले भन्नुभयो ।डोजोका ६ जना खेलाडीहरु खेलमा सहभागी हुन बिहिवार भारतको पञ्जाव तर्फ प्रस्थान गरेका छन् । उनीहरुलाई रुपन्देहीमा विदाई तथा शुभकामना दिईएको छ ।

नेपालको तर्फबाट अन्तरराष्ट्रिय कराते प्रतियोगीता खेलमा सहभागी हुन लागेका खेलाडीहरुलाई बुटबलमा एक कार्यक्रमको आयोजना गरी सम्मान, विदाई तथा खेलको सफलताका लागि शुभकामना दिईएको हो । बडिगाड डोजोका खेलाडीहरु निलम थापा र लक्ष्मण पुनले यस अगाडी राष्ट्रिय खेल खेलिसकेका छन् । यो उनीहरुका लागि नौलो अवसर र अभ्यास समेत हो ।

खेल जित्नु र हार्नु ठुलो कुरा भन्दा पनि यसलाई एउटा सिकाई उपलब्धीको रुपमा लिईएको अध्यक्ष पाईजाले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित