काठमाडौं- पछिल्लो समयकी भाईरल गायिका रचना रिमालले काठे दोहोरि गीत गाएकी छिन । लोकदोहोरी गायक नमराज ढुंगाना र रचना रिमालको स्वरमा गीत ‘पिरतीमा दम छ’ सार्वजनिक भएको हो ।
भिमशेन खतिवडाको शब्द, नवराज ढुंगानाको संगीत, कमल सौरागको संगीत संयोजन रहेको गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा संजिव ठकुरि र आयुष्मा कार्किको अभिनय, छायांकन दिपक गिरीले गरेका हुन् ।
त्यस्तै सम्पादन लक्ष्मण चौहान, कलर मिलन विश्वकर्माको रहेको छ। गीत डिएआर मुभिजको अफिसियल च्यानलबाट गीत सार्वजनिक गरिएको छ । गीतको भिडियोलाइ दर्शकले सकारात्मक प्रतिक्रियाका साथमा मन पराईरहेका छ।
Badigad Online