गुल्मीमा डेढ वर्षदेखी अलपत्र सामी परियोजना राजनैतिक भागवण्डा मिलेपछि सुरु !

गुल्मीमा डेढ वर्षदेखी अलपत्र सामी परियोजना राजनैतिक भागवण्डा मिलेपछि सुरु !

Badigad Online
2 Min Read

डिबी खड्का गुल्मी । लामो समयदेखी राजनितिक विवादका कारण अलपत्र संगै खारेजीको अवस्थामा पुगेको सामी परियोजना गुल्मीको विवाद मिलेको छ ।

नेपाल सरकार र स्विस सरकारको संयुक्त सहयोगमा सञ्चालित सुरक्षित आप्रावसन सामी परियोजना गुल्मीमा गत आर्थीक वर्षको साउन महिना देखि सञ्चालन हुनु पर्ने हो तर आपसी विवादका कारण सञ्चालनमा आउन सकेको थिएन ।

परियोजना खारेजीको अवस्थामा पुगे पछि योजनाका केन्द्रीय निर्देशक समितिका सदस्य भिम प्रसाद ढुंगान बिहिवार गुल्मी आई सहजिकरण गरेका थिए । परियोजनाको निम्ती जिल्लाको रेसुंगा नगरपालिका,मुसिकोट नगरपालिका ,इस्मा गाउँपालिका र छत्रकोट गाउँपालिका छनोट भएका थिए । तर नेपाली काग्रेंसले परियोजनामा मनपरी भएको सुचना लुकाएको आरोप लगाउदै योजनाको विरोध गदै नगरपालिका घेराउ सम्म गरेको थियो ।

यसरी मिल्यो राजनितिक भागबण्डा 

खारेजीको अवस्थामा पुगेको सामि परियोजनको विवाद मिल्यो र सञ्चालन प्रक्रिया अघि बढाईयो भन्ने खबरले सबैलाई चकित पारेको छ । परियोजनाको सञ्चालन प्रक्रियालाई लिएर नेपाली कांग्रेस र नगरपालिकाबिच मनमुटाव र मुर्दावाद सम्मका नारा घन्किएका थिए ।

सामि परियोजनाको लागी गत वर्ष छनोट भएका चार स्थानीय तहमा नेकपाको बाहुल्यता संगै नेकपाको स्थानीय सरकार भएका स्थानीय तह हुन । नेपाली कांग्रेसले आफना मान्छे परियोजनामा भर्ती गरेको भन्दै असहमती जनाएको अवस्थामा दुइ स्थानीय तहमा पनि परियोजना सञ्चालन गर्ने निणर्य भए संगै डेढ वर्ष देखीको विवाद मिलेको हो ।

जिल्लाको गुल्मीदरवार गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा परियोजना सञ्चालन गर्ने सहमती जुटेको छ । यी दुई स्थानीय तहमा नेपाली कांग्रेसको बाहुल्यता छ भने काग्रेंसकै स्थानीय सरकार छ । त्यती मात्रै नभई केही ठुला पदमा समेत कुरा मिलेपछि विवाद सजिलै समधान भएको बुझीएको छ ।

यता योजनाका केन्द्रीय निर्देशक समितिका सदस्य भिम प्रसाद ढुगांनाले केही साना कुरामा परियोजना अड्कीएको र त्यो विवाद समाधान भएकाले अव परियोजना सञ्चालनमा आउने बताए । यसरी राजनितिक भागबण्डामा सामी परियोजना मिलेपछि राजनितिक पहुँचको भरमा नै कर्मचारी छनोट गरिने अधिकांशको प्रतिक्रिया छ ।

तर, पहुँच नपुग्ने सर्वसाधारणमाथि भने फेरि घात भएको छ । राजनितिक भागबण्डामा परियोजना अगाडी बढेपछि यसमा निष्पक्ष हुन्छ भनेर कसैले कल्पना समेत गरेका छैनन् । सामी परियोजना मिलाउन योजनाका केन्द्रयी निर्देशक समितिका सदस्य भिम ढुंगान गुल्मी आएका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित