गुल्मीमा ४३ हजार भन्दा वढिले राष्ट्रिय परिचयपत्रको बिवरण दर्ता गराए:के हो राष्ट्रिय परिचयपत्र ?

गुल्मीमा ४३ हजार भन्दा वढिले राष्ट्रिय परिचयपत्रको बिवरण दर्ता गराए:के हो राष्ट्रिय परिचयपत्र ?

Badigad Online
3 Min Read

गुल्मी । जिल्लाका स्थानीय तहरुमा ४३ हजार २९४ जनाको बिवरण दर्ता संकलन गरिएको छ । ४ स्थानीय तहमा राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्य सम्पन्न हुँदा उक्त संख्याको बिवरण दर्ता संकलन भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

अहिले जिल्ला सदरमुकाम तम्घासबाट गरिएको सेवालाई शिबिरको रुपमा स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन कार्यलाई तिब्र पारिएको छ । जिल्लाका गुल्मीदरवार, धुर्कोट, मदाने र छत्रकोटमा दर्ता संकलन कार्य सम्पन्न भएको छ । जसअनुसार गुल्मीदरवार गाउँपालिकामा ११ हजार ९०५ जनाको बिवरण दर्ता संकलन गरिएको छ ।

त्यस्तै धुर्कोट गाउँपालिकामा १० हजार ७ सय ७० जनाको बिवरण दर्ता संकलन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पन्थी जानकारी दिए । मदाने गाउँपालिकामा ९ हजार ७८० जनाको संकलन गरिएको छ । त्यस्तै छत्रकोट गाउँपालिकामा १० हजार ८३९ जनाको बिवरण दर्ता संकलन गरिएको छ ।

जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये रुरुक्षेत्र गाउँपालिकामा र मालिका गाउँपालिकामा बिवरण दर्ता कार्य सुरु भएको छ । मुसिकोट नगरपालिकामा कार्य जारी रहेको छ । जिल्लामा राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्यलाई अगाडी बढाउन ६० जनादर्ता संकलक मार्फत टोलि खटाइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । एउटा स्थानीय तहमा १५ दिनसम्म संकलन गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

के हो राष्ट्रिय परिचयपत्र ?

राष्ट्रिय परिचयपत्रले नागरीकलाई राज्यबाट हुने सेवा सुविधा सहज रुपमा प्राप्त गर्नकालागि प्रयोग गरीने आधारभूत पहिचान भएको परिचयपत्र हो । राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थान सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।

वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा-आमाको नाम, हजुरबुबा-आमाको नाम, श्रीमान श्रीमतिको नाम, स्थायी(अस्थायी ठेगाना पर्दछन । जैविकविवरण अन्तर्गत औँठाछाप, दुईवटा आखाँको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरीने गरिन्छ ।

परिचयपत्रले नागरिकका सेवा सुबिधाहरु सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूणर् रहने छ । परिचयपत्र बिवरण दर्ता संकलन गर्न नागरिता, बसाई सराइ गरेको हकमा बसाईसराइको सक्कल कगजपत्र चाहिन्छ । जिल्ला जिल्ला सदरमुकाम तम्घासको जिल्ला प्रशासन कार्यालमा ३ जना अपरेटरबाट काम सुरु गरिएको थियो । यो अभियान स्थानीय तहमा चहिरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित