वडा वडामै पुगेर स्वास्थ्य सेवा दिँदै बडिगाड गाउँपालिका !

वडा वडामै पुगेर स्वास्थ्य सेवा दिँदै बडिगाड गाउँपालिका !

Badigad Online
3 Min Read

सागर भण्डारी,बाग्लुङ : जिल्लाको बडिगाड गाउँपालिकामा क्षयरोगसगं सकांसपद २० जनाको नमुना परिक्षण गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न एकदिने स्वास्थ्य चेकजाँच तथा शिविरको अवसर पारेर नमुना सकंलन गरिएको हो ।

गाउँपालिकाका प्रत्येक वडाका नागरिकहरुको घरदैलोमै गएर स्वास्थ्य चेकजाँच गर्ने र स्वास्थ्य सचेतना प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त कार्यक्रमबाट सकांस्पद क्षेयरोगीहरुको नमुना सकंलन गरिएको र परिक्षणका लागि पठाईने गाउँपालिकाका स्वास्थ्य सहसयोंजक चुरामणी कडेंलले जानकारी दिनुभयो ।

सोही अवसर पारेर पालिकाको स्वास्थ्य शाखाले बडिगाड गाउँपालिका वडा नं ३ सिसाखानीमा क्षयरोगको म्याक्रोस्कोपी क्याम्प, गर्भवती भेला, साधारण स्वास्थ्य शिविर, परिवार नियोजनको लामो अवधिका लागि ईम्प्टाल्न्ट लगाउने तथा झिक्ने सम्बन्धी सेवा पनि प्रदान गरेको छ ।
गाउँपालिकाकै विकट मानिएको उक्त क्षेत्रमा पहिलो पटक मेडिकल अधिकृत एमबीबीएस डाक्टर लिएर गाउँपालिका वडा कार्यालयमै पुगेको हो ।

नागरिकको आधारभूत स्वास्थ्य सेवा पाउने अधिकारबाट बञ्चित नगराउन र उक्त क्षेत्रबाट स्वास्थ्य सेवा लिन स्वास्थ्य चौकी वा खार बजारसम्म आउन असम्भव रहेका वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलालाई लक्षित गरी उक्त शिविरको आयोजना गरिएको कडेंलले जानकारी दिनुभयो । विभिन्न सेवा अन्तर्गत वडा नं ३ का २ सय २० जना नागरिकले स्वास्थ्य सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

गाउँमै पहिलो पटक मेडिकल अधिकृत डा. अनिल शाह र गाउँपालिका स्वास्थ्य शाखाको समुह वडामै पुगेर स्वास्थ्य चेकजाँच गर्दा स्थानीय भने निकै खुसी भएका थिए । सोही अवसरमा वडा नं ३ भित्र रहेका स्वास्थ्यस्वयं सेविकाहरु र १६ जना गर्भवती महिलाका लागि स्वास्थ्य चौकीमा सुत्केरी हुँदा हुने फाईदा, गर्भावस्थामा ध्यानदिनुपर्ने कुरा, खानपान, स्वास्थ्य चेकजाँच लगायतका विषयमा प्रशिक्षण दिईएको थियो । वडा भित्रका १६ जनाले परिवार नियोजनको ईम्प्लान्ट लगाएका छन् भने एक जनाले झिकेका छन् ।

गाउँपालिकाले वडाबाट आउन असहज भएको समुहलाई वडा वडामै पुगेर स्वास्थ्य चेकजाँच र स्वास्थ्य सेवा प्रदान गर्न लागेको कडेंलले बताउनुभयो । कार्यक्रममा मेडिकल अधिकृत डा. अनिल शाह, गाउँपालिकाका स्वास्थ्य सहसयोंजक चुडामणी कडेंल, शिशाखानी स्वास्थ्य चौकी प्रमुख भक्त बहादुर श्रीस, दगातुम्डाँडा स्वास्थ्य चौकी प्रमुख हेम पुन तथा विभिन्न गैह्र सरकारी संस्थाका प्रतिनिधि स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

बडिगाड गाउँपालिकामा प्रत्येक वडामा क्याम्प सञ्चालन गर्ने योजना रहेको र जसअन्तर्गत पौष १० गते वडा नं १० मा कार्यक्रम सम्पन्न गरिने गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित