वडिगाडबाट १३ थान बेवारिसे बन्दुक बरामद !

वडिगाडबाट १३ थान बेवारिसे बन्दुक बरामद !

Badigad Online
1 Min Read

बागलुङ : प्रहरीले बागलुङको बडिगाड गाउँपालिकाका विभिन्न स्थानबाट १३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले वडिगाड गाउँपालिकाको वडा नं. १, ३ र ९ का जंगल क्षेत्रमा भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको हो ।

बडिगाड गाउँपालिका–१ बाट ८ थान, वडा नं. ३ बाट २ थान र वडा नं. ९ को जंगलबाट ३ थान भरुवा बन्दुक फेला बारेको प्रहरी निरिक्षक विजय भण्डारीले जनकारी दिए । फेला पारेका बन्दुकहरुमध्ये एक थान बन्दुक काम नलाग्ने अवस्थाको रहेको भण्डारीले बताए । बडिगाड गाउँपालिका–१ टुनडाँडाको स्यानडाँडा सामुदायिक वनको रूखमुनी बन्दुक फेला परेको थियो ।

वडा नं. ३ सिसाखानीस्थित लग्दी खोलाको किनार र वडा नं. ९ रिस्तिस्थित कार्तिकेको जंगलमा भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गस्तीको क्रममा बन्दुकहरु फेला पारेको प्रहरी निरिक्षक भण्डारीले बताए । प्रहरीले थप अनुसन्धान गरिरहको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित