गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको मृत्यु !

गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको मृत्यु !

Badigad Online
1 Min Read

सागर भण्डारी,गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ ।

रिडि तम्घास सडकखण्ड अन्तर्गत जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं १३ मसिने खोलामा बुटवलबाट आउँदै गरेको ना ५ ख ३२०४ नं को ट्रकले सडकमा यात्रा गरिरहेका २ जनालाई ठक्कर दिँदा पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट रेसुङ्गा नगरपालिका १३ मसिनेखोलका २६ वर्षीय टोप बहादुर रजाली र सोही ठाउँका २३ वर्षीय बाल कृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास लगिएको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

सम्बन्धित